काठमाडौं, २७ वैशाख-पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यात २ घण्टा थुनिएका छन् । शुक्रबार भारतले एकतर्फीरूपमा नेपाली जमिन मिचेर धार्मिकस्थल मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेपछि नेपालीहरू विरोधमा उत्रिएका छन् ।
त्यसैको विरोधमा उत्रिएका पूर्वजर्नेल बस्न्यात र पूर्वएआइजी श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले शंख पार्कबाट पक्राउ गरेको जनाएको छ ।
उनीलाई लकडाउन उल्लंघनको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्तमा एसएसपी ठाकुरप्रसाद ज्ञवालीले बताए । उनका अनुसार उनीहरूलाई २ घण्टा थुनामा राखेर केही समयअघि मात्रै छोडिएको छ । बस्न्यात नेपाली सीमाका जानकार मानिन्छ ।
यसअघि भारतविरुद्ध उत्रिएका विद्यार्थी र युवालाई पनि प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित भारतीय दूतावास अघिबाट र माइतघरबाट झण्डै ३ दर्जन बढी प्रदर्शनकारीलांई पहरीले पक्राउ गरेको थियो ।