बाल गृहका बालवालिकालाई औषधी र खाद्यान्य वितरण

 न्यूज विराट
बाल गृहका बालवालिकालाई औषधी र खाद्यान्य वितरण

विराटनगर, बैशाख २७–उर्लाबारी नगरपालिका– ७ स्थित महिला विकास तथा बालबालिका चेतना केन्द्र द्वारा सञ्चालित नमूना बाल गृहमा रहेका बालवालिकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविर तथा खाद्यान्य वितरण गरिएको छ ।

नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाको आयोजनामा बाल गृह परिसरमा शनिबार स्वास्थ्य शिविर गर्नुको साथै खाद्यान्य वितरण गरिएको हो । संघले विराटनगरबाट बालरोग विशेषयज्ञ डा. राजेश कुमार यादवलाई ल्याएर नमूना बाल गृहमा रहेका ४५ जना बालवालिकाहरूको स्वास्थ्य परीक्षण गराएको छ ।

बाल गहृमा रहेका बालवालिकाहरूको स्वास्थ्य परीक्षण गरेपछि निःशुल्क रूपमा विभिन्न प्रकारका औषधी, भिटामिनहरू वितरण गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । संघले यहाँ रहेका बालवालिकाहरूका लागि खाजाको रूपमा चाउचाउ पनि वितरण गरेको थियो ।

संघले बालवालिकाहरूका लागि क्यालसिएम, आइरन चक्की, खोकी, जुका, एनटिभाइटिक, घाउँ खटिरा, टाइफाइ निमोनियालगायतका औषधी पनि वितरण गरेको थियो । यस्तै कोरोना भाइरसबाट बच्नको लागि संघले सेनिटाइजर, माक्स पनि वितरण गरेको छ ।

उक्त सामाग्री औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले नमूना बाल गृहकी अध्यक्ष मीना बराललाई हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर संघले समाजिक कार्य अनुरूप बाल गृहमा स्वास्थ्य शिविरसँगै औषधी र खाद्यान्य वितरण गरिएको औषधी व्यवसायी संघका अध्यक्ष तिम्सिनाले बताए ।

यस अघि पनि संघले विराटनगर, बुढीगंगामा रहेको वृद्धाआश्रम रहेका जेष्ठ नागरिकहरूलाई दिर्घरोगका औषधी, भिटामिन र खाद्यान्य वितरण गरेको थियो । कार्यक्रममा संघका अध्यक्ष तिम्सिना, उपाध्यक्ष ढकाल, महासचिब दिनेश ठाकुर, कोषाध्यक्ष विजय राजवंशी, सचिब हरिराज रेग्मी, सदस्य प्रकाश धिमाल, व्यवसायी महेश मण्डल तथा संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

एमाले कोशी प्रदेशको अधिवेशन : नयाँ नेतृत्वका लागि ९७७ जनाले गरे मतदान, दिउँसोबाट हुने गणना

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा ९ सय ७७ मत खसेको छ। विराटनगरस्थित होटल मुनास्लुमा भएको मतदानमा ९९७ मध्ये ९७७ मत खसेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए...

यौनिक तथा अल्पसंख्यक मैत्री कानुन बनाउन जोड

विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति खारेज गरी यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्नेमा जोड दिएका छन् । वैवाहिक समानताको कानून नहूदा यस समूदायका ब्यतिmहरू विदेश पलाएन भएको जानकारी गराउँदै...

३३ किलो सुन काण्ड: आजदेखि अन्तिम सुनुवाई सुरु, भोलि सकिने

विराटनगर, १० असोज । साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ आजदेखि सुरू भएको छ । साढे ३३ किलोग्राम सुन प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको...

कोशी अस्पतालका अध्यक्षद्धारा संचारकर्मी दासमाथि दुर्व्यवहार

विराटनगर । कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरर्वड सिलवालले रिर्पोटिङमा गएका संचारकर्मी सोनुकुमार दासलाई दुर्व्यवहार गरेका छन् ।सिलवालले आज साझमा अस्पताल परिसर भित्र संचारकर्मी दासलाई दुर्व्यवहार गरेका हुन् । विराटनगर – ६ घर भएकी...

कोरोना संक्रमणबाट सिरहामा थप दुईको मृत्यु

सिराहा, २२ भदौ-कोरोना भाइरस संक्रमणबाट दुई दिनको अवधिमा सिरहामा थप दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय र गोलबजार नगरपालिका– ३ जमदहका ७७ वर्षीय पुरुष रहेको जिल्ला...

सुदूरपश्चिममा १२ हजारभन्दा बढीको परीक्षण, ९ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

धनगढी,१३ वैशाख-सुदूरपश्चिम प्रदेशका ९ जनार्को र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट रिपोर्ट पोजेटिभ आएको छ ।प्रदेशभर १० हजार २ सय ४ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा २/२ जना तथा अछाममा १...

सुरक्षाकर्मी जोखिमकाबीच कर्तव्यपथमा, ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ जेठ-मुलुकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरू कर्तव्यपालना...

टिभिएसको ग्राण्ड एक्सेनज मेलामा उपभोक्ताको भिड 

विराटनगर । विराटनगरको मुनाल पथ अगाडी सुरु भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमले विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्