नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता बसे धर्नामा

 न्यूज विराट
नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता बसे धर्नामा

भीमदत्तनगर, २७ वैशाख-भीमदत्तनगर, २७ वैशाख (रासस)ः क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कंग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बसेका छन् ।

उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट लखेटिएको थियो । करिब १०० किलोमिटर पैदल हिँडेर भारतीय बजार खटिमा पुगेका १५० भन्दा बढी नेपालीले कंग्रेस प्रदेश महासचिव कापरीले भोजनको व्यवस्थापनसमेत गरेको छ ।

‘लखेटिएका नेपालीलाई पुनः त्यही क्वारेन्टाइनमा राख्नुपर्ने, क्वारेन्टाइन नबसेकालाई खटिमामै क्वारेन्टाइनमा राख्नुपर्ने र नेपाल सरकारले पनि आफ्ना नागरिक लैजान पहल गरोस् भनेर धर्नामा दिइयो’ खटिमाको सञ्जयपार्क शहीद स्मृतिमा धर्नामा बसेका उनले भने, ‘खटिमा क्षेत्रमा अलपत्र नेपाली भारतका विभिन्न ठाउँबाट पैदल आउने क्रम रोकिएको छैन ।’

अलपत्र नेपाली खटिमाको बसपार्क, सडक छेउछाउमा आश्रय लिइरहेको छन् । उनीहरु कञ्चनपुर, जाजरकोट, कालिकोट, डडेल्धुरा, कैलाली र बैतडीका स्थानीयवासी रहेको बुझिएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सीमावर्ती भारतीय बजारमा नेपाली अन्यत्रबाट आइरहेको जानकारी प्राप्त भइरहेको बताए ।

‘हाम्रो अफिसियल तथ्याङ्कअनुसार सीमावर्ती भारतीय बजार बनबासा र टनकपुर क्वारेन्टाइनमा २५१ नेपाली छन्’, उनले भने, ‘नेपाल ल्याउने विषयमा केन्द्रबाट केही निर्देशन आएको छैन ।’ -रासस

सम्बन्धित समाचार

महानगरको वडाहरूमा तेली कल्याण समाज धमाधम बिस्तार

विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरको वडाहरूमा धमाधम समिति गठन गर्न सुरु गरेको छ । शनिबार विराटनगर–१० मा कार्य समिति गठन गरेको छ । सज्जन साहको अध्यक्षतामा समाजले १९ सदस्यीय कार्य समिति गठन गरेको...

भुल्केको जनजीवन कष्टकर बन्दै, नुन पनि सकियाे

उदयपुर, बैशाख १३-भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन २ हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव...

७१ अंकले बढेर नेप्सेले गर्‍यो नयाँ आर्थिक वर्षको स्वागत

चालु आर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा उछाल आएको छ । कारोबार खुलेको डेढ घण्टा नबित्दै ७१ अंकले बढ्दै नेप्सेले नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो । पहिलो कारोबारमा नै अप्रत्याशित उछाल आएपछि यतिबेला...

भगवान् रामचन्द्रको सम्झनामा देशभर रामनवमी पर्व मनाइँदै

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा रामचन्द्रका मन्दिरहरूमा...

त्रिशूली सङ्लिएपछि

धादिङ, २ वैशाख-त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ । कोभिड –१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ । धमिलो भएर पर्यटक आउन छाडेको नदी नीलो देखिन थालेको छ ।...

प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि सप्तकोशी स्कुललाई

विराटनगर । प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि मोरङको उर्लाबारीस्थित सप्तकोशी सेकेण्डरी स्कुलले जितेको छ ।प्याब्सन मोरङले विराटनगरमा बुधबार आयोजना गरेको प्रतियोगितमा सप्तकोशीले फाइनलमा ९ वटा स्कूललाई पछि पार्दै उपाधि जितेको हो । जितसँगै सप्तकोशीले नगद १५...

२४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजासर ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

तेस्रो कचनकवल गोल्डकप सुरु

विराटनगर, माघ २८–नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्