नेपाल प्रहरीमाथि जाइ लाग्ने चिनियाँ नागरिकलाई मुद्दा लगाइने

 न्यूज विराट
नेपाल प्रहरीमाथि जाइ लाग्ने चिनियाँ नागरिकलाई मुद्दा लगाइने

 काठमाडौं, २७ वैशाख-सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने ४ चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरूलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिए ।

शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । परिसरका अनुसार गाभिड र लियो लाओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग र ज्याङ जङ तथा गेगा न्यानीलाई सिंहदरबारस्थित वृत्तमा राखिएको छ । पक्राउ परेका अन्यलाई भने छाडिएको छ ।

उनीहरू घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ लेखेको प्लेकार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए ।उनीहरूले प्रहरीको लाठी खोसेर प्रहरीलाई नै हिर्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरूमाथि लाठी हानेको थियो ।

सोही क्रममा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित पाँच प्रहरी र छ चिनियाँ घाइते भएका थिए । पर्यटन राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका जनाइएको छ ।

सम्बन्धित समाचार

सर्जिकल मास्क र सेनिटाइजरको कालोबारी गर्ने अग्रवाललाई म्याद थप

विराटनगर, चैत ११–कोरोना भाइरस (कोभिड १९) को प्रकोपको बेला विराटनगरमा सर्जिकल मास्क र सेनिटाइजरको बजारमा अभाव देखाएर कालोबारी गर्ने विराटनगरका एक व्यापारीलाई कालोबजारी ऐन अन्तर्गत म्याद थप गरिएको छ । अनुचित लाभ लिने उद्देश्यले मास्क...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं, २५ मंसिर-स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार...

गोप्य सहमतिका साक्षीसहित बालुवाटारमा ओली–प्रचण्ड छलफल

काठमाडौं, १९ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीको विवाद समाधानको प्रयासस्वरुप दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरु भएको...

यातायात व्यवस्था कार्यालयमा ५ करोडको भ्रष्टाचार, १७ जनाविरुद्ध मुद्दा

काठमाडौं, २५ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजश्व हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा सङ्कलित राजश्व हिनामिना भइरहेको...

संचार क्लबको अध्यक्षमा खड्का र महासचिबमा नेपाली निर्वाचित

विराटनगर । संञ्चार क्लब नेपाल उर्लाबारी मोरको अध्यक्षमा कुमार खड्का निर्वाचित भएका छन् । आज आएको मत परिमाण अनुसार खड्काले २१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का प्रतिस्पर्धी घनश्याम भण्डारीले १७ मत पाए...

निजी विद्यालयलाई शिक्षा मन्त्रालयले भन्यो : आफूखुसी शुल्क नलिनुहोस्   

काठमाडौं, ८ असार-निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्नरनगराउन अनुरोध गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी...

विश्वभर ३ लाख २० हजारको मृत्यु

काठमाडौं, ६ जेठ-भारतमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ४ हजार ६ सय थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख नाघेको हो । मंगलबार बिहानसम्म...

एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि पोलस्टार र माउण्ड मकालु स्कुललाई

विराटनगर । मोरङ जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पोलस्टार स्कुल र रंगेलीको माउण्ट मकालु सेकेण्डरी स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मारङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आइतबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्