नेपालगञ्जमा एकैदिन हजार स्वाब सङ्कलन हुँदै

 न्यूज विराट
नेपालगञ्जमा एकैदिन हजार स्वाब सङ्कलन हुँदै

राँझा, २७ वैशाख-नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षणमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाउन दुई हजार टेष्ट किट र एक हजार भिटिएम पठाएको छ । एउटै वडामा २३ र नजीकको अर्को वडामा एका संक्रमित देखिएपछि सरकारले नेपालगञ्जमा परीक्षणको दायरा बढाउन निर्देशन दिएको छ नेपालगञ्जमा २४ जनामा कोरोना देखिएपछि धेरैभन्दा धेरै जनाको परीक्षण गर्न जनस्तरबाट माग बढेको छ । पर्याप्त टेष्ट किट र भिटिएम आएकाले एकान्तबास, मन्दिर र मस्जिद तथा सङ्क्रमितको सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्ने तयारी भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा दिनमा सय जनासम्मको परीक्षण हुने बताइएको छ । आज एकै दिन हजार जनाको स्वाब सङ्कलन भएमा काठमाडौंँ लैजानका लागि नेपाली सेनाको जहाज नेपालगञ्जमै राखिएको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले बाँकेमा सरकारले उच्च प्राथमिकताका साथ आवश्यक उपकरण पठाएकाले स्वाब सङ्कलन तथा परीक्षणमा कुनै अवरोध नहुने बताउँदै आज ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गर्ने तयारी भएको जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीलाई सम्मान

नेपालगञ्जका कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई नागरिकस्तरबाट सम्मान गरिएको छ । खजुरास्थित कोरोना बिशेष आइसोलेशन अस्पतालमा एक हप्ता कार्यरत रही सेल्फ क्वारेन्टाइनका लागि फर्किएका स्वास्थ्यकर्मीलाई नेपालगञ्जमा फूलमालाले स्वागत गरिनाका साथै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

एकहप्तासम्म सङ्क्रमित बिरामीको सेवामा रहेर नेपालगञ्जस्थित सेल्फ क्वारेन्टाइनका लागि होटलमा फर्किएका स्वास्थ्यकर्मीको मनोबल बढाउन स्वागत तथा सम्मान गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार आइसोलेशनमा एक हप्ता कार्यरत स्वास्थ्यकर्मीलाई चौध दिनका लागि सुविधासम्पन्न होटलमा सेल्फ क्वारेन्टाइनमा राखिँदै आएको छ ।

त्यसरी, क्वारेन्टाइनमा बसेपछि स्वास्थ्यकर्मी फेरि काममा फर्किने गरेका छन् । उनीहरूको आवास तथा भोजनको व्यवस्थापनमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले संस्थागत रुपमा सहयोग गर्दै आएको छ ।

कोरोनाविरुद्धको लडाइँमा अग्रभागमा रहेर दिनरात खटिएका स्वास्थ्यकर्मीलाई भेरी अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीलगायतले स्वागत तथा सम्मान गरेका हुन् । कोरोना बिशेष आइसोलेशन अस्पताल खाना तथा भोजन उपसमिति र होटलका तर्फबाट उहाँहरुलाई फूलमाला वर्षाइएको थियो ।

भेरी अस्पतालका नर्सिङ अधिकृत तथा आइसोलेशन इन्चार्ज शिला शर्माले काम सकेर फर्किएका स्वास्थ्यकर्मीलाई गरिएको स्वागतसम्मानले समग्र स्वास्थ्यकर्मीको मनोबल उच्च भएकोे बताइन् ।

नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएका २४ जनालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले तयार गरेको कोरोना विशेष आइसोलेशन कक्षमा राखेर उपचार गरिएको छ । अस्पतालमा सरकारी मापदण्डानुसार विविध स्वास्थ्य उपकरणसहित भेन्टिलेशन जडान गरिएका आइसोलेशन कक्ष उपचारका लागि बिरामीमैत्री रहेको नर्सिङ अधिकृत शर्माले जानकारी दिए ।  – रासस

सम्बन्धित समाचार

साउनमा मात्रै पूरा बजेट ल्याउन कांग्रेसको माग

 काठमाडौं, २९ वैशाख-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद तथा छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले आगामी आर्थिक वर्षको लागि साउनमा मात्रै पूरा बजेट ल्याउन आग्रह गरेका छन् । संक्रमितबाट पर्ने समस्या र क्षति न्यूनीकरणको उपायका...

ब्राजिल भ्रमण गरेकालाई अमेरिका जान प्रतिबन्ध

एजेन्सी, जेठ १२-अमेरिकाले पछिल्लो १४ दिनमा ब्राजील गएकालाई अमेरिका जान प्रतिबन्ध लगाएको छ । दक्षिण अमेरिकी राष्ट्र ब्राजील हाल कोरोना भाइरसको संक्रमणमा अमेरिका पछि दोस्रो हटस्पट बनेको छ । ब्राजीलमा कोेरोना संक्रमितको संख्या ३ लाख...

गुजरातको रासायनिक कारखानामा विस्फोट

भारतको गुजरातस्थित वडोदरामा विहीबार राति एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ । बीबीसीका अनुसार दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको आगलागीमा परेका सात जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई धुँवाका कारण श्वासप्रश्वासमा...

माछा पोखरीमा डुबेर १ जनाको मृत्यु

मोरङको मिक्लाजुङ गाउँपालिका–५ धानखेती बस्ने २२ वर्षीय जीवन बिकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो आफ्नै घर नजिक रहेको माछा पोखरीमा उनी मृत फेला परेका हुन् । पोखरीमा डुबेर मृत अवस्थामा निजका...

भारतमा थपिए २ लाख ७१ हजार संक्रमित, एकैदिन ३१४ जना बिते

एजेन्सी, २ माघ । भारतमा बितेको २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४...

एक लाखले अवलोकन गर्दै सकियो कृषि एक्स्पो , २०८२ मा फेरी भेट्ने बाचा

विराटनगर । एक लाख बढीले अवलोकन गर्दै मोरङको कटहरी गाउँपालिका १ कृषी तथा फलफूल थोक बजारमा लागेको कृषी एक्स्पो सकिएको छ । चार दिने कृषी एक्स्पो आइतबार समापन भएको हो । कोशी र मधेश प्रदेका...

तेजस्वी बचत तथा ऋण सहकारीको अध्यक्षमा चुडाल, सचिवमा मिना खनाल

विराटनगर । विराटनगर – ५ त्रिमूर्ती चोकमा रहेको तेजस्वी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा देवी प्रसाद चुडाल चयन भएका छन् । विराटनगरमा शनिबार भएको सहकारीको चौथो अधिवेशनबाट चुडाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।सहकारीको...

विराटनगरमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो

विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि आज विहान मृत फेला परेकी थिइन् । मृतक महिला विराटनगर बसपार्कमा बस्दै आएकी ३३ वर्षीया बन्दना मगर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्