१ साताअघि भारतबाट आएका थिए आज कोरोना पुष्टि भएका कपिलवस्तुका ३ किशाेर

 न्यूज विराट
१ साताअघि भारतबाट आएका थिए आज कोरोना पुष्टि भएका कपिलवस्तुका ३ किशाेर

बुटवल, २७ वैशाख-आज कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका तिनै जना यसअघि संक्रमित भएकाहरूसँगै १ साताअघि भारतबाट आएको खुलेको छ ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले यसअघि कोरोना संक्रमण देखिएका मायादेवी गाउँपालिकाका युवासँगै उनीहरू पनि भारतको मुम्बईबाट नेपाल आएको बताए ।

आज थपिएका ३ मध्ये २ जना मायादेवीका र १ किशाेर शुद्धोधन गाउँपालिकाका हुन् । उनीहरूमध्ये १ जना १७ र २ जना १८ बर्ष उमेरका रहेका छन् ।

सीमा क्षेत्रबाट लुकिछिपी गाउँ पसेका उनीहरूलाई स्थानीयले थाहा पाएपछि गाउँपालिका–१ पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरू २३ वैशाख राती मायादेवी गाउँपालिका–८ हरिवंशापुर र चकारचौडाकोबीच खेतकाे बाटो हुँदै नेपाल प्रवेश गरेका थिए । प्रमुख जिल्ला अधिकारी पौडेलले क्वारेन्टाइनमा रहेका ६५ जना सबैको स्वाब परिक्षण गर्न पठाइएकोमा ५ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको बताए।

संक्रमित व्यक्ति सबै मायादेवी गाउँपालिकाका रहेका छन् । संक्रमित तिनै जनालाई बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा ल्याउने तयारी भइरहेको प्रजिअ पौडेलले जानकारी दिए ।

बुटवल आइसोलेसन अस्पतालमा यसअघि नै कपिलवस्तुका २ र रुपन्देहीका १ गरि ३ जना संक्रमित रहेका छन् । अब प्रदेश-५ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । बाँकेको नेपालगञ्जमा यसअघि २४ जना संक्रमित भेटिएका थिए ।

सम्बन्धित समाचार

केराबारीमा ट्रयाक्टर दुर्घट्ना हुदा सहचालकको मृत्यु

विराटनगर, १५ फागुन । सुनसरी ईटहरी–३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी–५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित...

पूर्वमन्त्री पण्डितको निर्वाचन क्षेत्रमा करोडौंको लगानीमा खानेपानी आयोजना बन्दै

विराटनगर, जेठ १८–इमान्दार, राष्ट्रवादी र भ्रष्टाचार विरोधि छविका कारण सँधै चर्चामा आउने गरेका पूर्वमन्त्री लालबाबु पण्डितले जनतासँग गरेको बचा पूरा गर्दै जान थालेका छन् । जनताको पीर मर्का र समस्याहरुमा साथ दिँदै आएका पूर्वमन्त्री तथा...

ताप्लेजुङमा पहिरोमा परी एकै परिवारको चार जनाको मृत्यु, दुई जना घाइते

विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम टिन्जामा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा,...

एसईईकाे नतिजा सार्वजनिक

काठमाडौं, १ भदौ-माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजा सार्वजनिक गरिएको जानकारी दिए । यसअघि राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो । ...

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौं, ५ मंसिर-औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको  छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो । बजारमा...

आज विश्वकर्मा पूजा, बाबा विश्वकर्माको विधिपूर्वक पूजा गरिदै

काठमाडौं,  १ असोज-कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष...

एमपीआईएद्वारा ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण

काठमाडौं, ११ वैशाख-मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) द्वारा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरिएको छ । कम्पनीले नेपाल प्रहरीलाई ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण गरेको हो । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा...

कोरोना संक्रमित बालिकाका अभिभावकमा देखिएन संक्रमण

काठमाडौं, ४ जेठ-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु बाणगङ्गाकी ६ वर्षीय बालिकाको अभिभावकमा कोरोना नेगेटिभ देखिएको छ । कपिलवस्तुबाट उपचारका लागि काठमाडौं पुर्‍याइएकी बालिकामा संक्रमण अस्पतालबाटै भएको हुन सक्ने देखिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्