लिपुलेक/कालापानीबारे सरकार सजग छः परराष्ट्रमन्त्री ज्ञवाली

 न्यूज विराट
लिपुलेक/कालापानीबारे सरकार सजग छः परराष्ट्रमन्त्री ज्ञवाली

भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले २ मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक/कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज ट्विट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए ।

नेपाल सरकार यसबारे जानकार रहे/नरहेको र आगामी कदम के हुने भन्नेबारे प्रश्नमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत् भारत सरकारसमक्ष आग्रह गरिएको बताए ।

मन्त्री ज्ञवालीले भने, ‘लिपुलेक कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले केकस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।’

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभेर नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले केहीअघि आपत्ति जनाएको थियो । रासस

सम्बन्धित समाचार

प्याब्सन स्पोर्ट्स मिटको उपाधि पूर्वाञ्चल र सगरमाथालाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा...

१६ एसएसपीकाे सरुवा र १९ काे पदस्थापन

काठमाडौं, १८ वैशाख- नेपाल प्रहरीका १६ एसएसपीको सरूवा गरिएको छ । साथै, आज नै १९ एसएसपीको पदस्थापन पनि भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकले १७ वैशाखदेखि लागू...

कारोना संक्रमितको उपचारका लागि कोशी अञ्चल अस्पतालमा आइसोलेसन वार्ड तयार

विराटनगर, चैत ४–कोरोना भाईरसबाट संक्रमित भएका बिरामीको उपचारको लागि कोशी अस्पतालले आइसोलेसन वार्ड तयार गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका संक्रमित आए त्यसको तत्काल उपचार थाल्ने गरि आजबाट ३ वटा वार्डमा १२...

भारतमा एकै दिनमा १५ सयभन्दा बढीलाई कोरोना संक्रमण, मृतकको संख्या ६४५ पुग्यो

एजेन्सी, बैशाख १०-भारतमा कोरोनाको संक्रमितको संख्या उच्चगतिमा वृद्धि भएको छ । पछिल्लो १ दिनमा मात्र भारतमा १ हजार ५ सय ४१ जना नयाँ संक्रमित देखिएका छन् । भारतमा हालसम्म २० हजार ८० जनलाई कोरोना पुष्टि...

अन्तर विद्यालय बक्तृत्कला प्रतियोगितामा पोखरीया स्कुलकी रागिनी भइन् प्रथम

विराटनगर । अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित पोखरीया स्कुलकी रागिनी न्यौपाने प्रथम भएकी छिन् । विराटनगरमा शनिबार भएको विराटनगर महानगरपालिका स्तरीय माध्यमिक तह कक्षा ९–१० अन्तर विद्यालय वक्तत्कला प्रतियोगितामा अन्य विद्यालयका प्रतियोगिहरुलाई पछि पार्दै...

पर्यटनको प्रवर्द्धन गर्न विराटनगरमा फोटो प्रर्दशनी

विराटनगर । विराटनगरको हिमालय रोडमा फोटो प्रर्दशनी आयोजना गरिएको छ । कोशी प्रदेशका पर्यटकीय स्थलहरू फोटो प्रदर्शनीमा राखिएको छ । पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो । विराट पर्यटन महोत्सवमा चार दिने फोटो...

संक्रमणमुक्त हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, २२ भदौ-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । आज थप १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर फर्किनेको...

बालबालिकाहरुको लागि स्वास्थ्य शिविर

विराटनगर, २७ भदौ । मस्तिष्क पक्षाघात भएका बालबालिकाहरुका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर आदर्श स्कुलस्थित सिपि डे सेन्टरमा क्लबले शिविर आयोजना गरेको हो । “सेलेब्रल पाल्सी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्