प्रदेश ५ मा संकलित ‘स्वाब’को परीक्षण गण्डकीमा

 न्यूज विराट
प्रदेश ५ मा संकलित ‘स्वाब’को परीक्षण गण्डकीमा

पोखरा, २६ वैशाख  -प्रदेश-५ मा कोरोना परीक्षणमा विश्वसनीय मानिएको पीसीआर किटको अभाव भएपछि ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाउन थालिएको छ ।पछिल्लो समय कोरोना संक्रमणको इपिसेन्ट मानिएको प्रदेश-५ मा पीसीआर किटको अभाव भएपछि नमुना संकलन गरी पोखरा पठाउन थालिएको हो । अहिलेसम्म प्रदेश-५ बाट पठाइएका ६८ वटा नमुनाको पोखरामा रहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गरिएको छ ।

परीक्षण गरिएका सबै स्वाबमा कोरोना नेगेटिभ देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

बिहीबार गण्डकीमा थप ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको छ । हालसम्म गण्डकी प्रदेशमा ६९० जनाको स्वाब संकलन गरिएको छ । तीमध्ये बाग्लुङका २ जना संक्रमित निको भएर घर फर्केका छन् । ३ जनाको परीक्षणको नतिजा आउन बाँकी छ । परीक्षण गरिएका अन्यको परीक्षण  नेगेटिभ देखिएको छ ।  गण्डकीमा ६३७७ जनाको आरडीटी परीक्षण गरिएको छ ।

कोरोना संक्रमणले त्रास बढेको बेला गण्डकीका केही ठाउँमा दादुराको महामारी देखिएको प्रतिष्ठानले जनाएको छ । पछिल्लो समय धादिङको रोराङ गाउँपालिकामा फैलिएको महामारी गोर्खा जिल्लाको गण्डकी गाउँपालिकामा पनि देखिएको प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

दादुरा महामारी देखिएपछि शुक्रबारबाट खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । ५ महिनादेखि ९ वर्षसम्मका बालबालिकाहरूका लागि दादुरा खोप कार्यक्रम सञ्चालन हुनेछ। हल सुरु गरिएको खोप वैशाख ३१ गतेसम्म प्रदेशभर सञ्चालनमा आउनेछ । खोपका लागि प्रदेशभर ४३ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

अमेरिकामा वर्किङ भिसा रोक, ग्रीन कार्ड पनि रोक्न सक्ने

एजेन्सी, असार ९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कामदारलाई अमेरिकामा वर्किङ भिसा दिन लगाइएको प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम राख्ने भएका छन् । व्हाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार दक्ष कामदारका लागि एच १बी भिसा, कम्पनीमा...

२५०८ संक्रमित थपिए, २२६४ जना डिस्चार्ज

काठमाडौं, १५ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभर ९ हजार २ सय ७९...

तेस्रो मिल्स टि– २० क्रिकेट : उपाधिको लागि आज होराइजन र वाइआरसीसी

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४...

वीपीको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट मोरङका एक पुरुषको मृत्यु

विराटनगर, २८ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक पुरुषको कोरोना संत्रज्ञmमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको विराटनगर–१२ का ७० वर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । मृतक पुरुषमा...

मोरङको ग्रामथानमा प्रथम रविदानन्द चौधरी स्मृति कप हुने, उद्घाटनमा आयोजक र युनाइटेड भिड्दै

विराटनगर । मोरङको ग्रामथानमा असोजको अन्तिम साताबाट प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।नेताचोक टाईगर क्लव ग्रामथानको आयोजनामा शिक्षासेवी रविदानन्द चौधरीको स्मृतिमा लिग कप नक आउट प्रतियोगिता असोज २९ गते...

बाँकेका पहिलो कोरोना संक्रमितको दोस्रो परीक्षण पनि पोजिटिभ

बाँके, ३० वैशाख-बाँकेको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजिटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा....

३ देखि ५ महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन तयार हुने

एजेन्सी, जेठ ९-अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको बेलायती कम्पनी एस्ट्राजेनेकामा १ सय २ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यो लगानीसँगै अब अमेरिकाले उत्पादित भ्याक्सिनको एकतिहाइ हिस्सा किन्ने छ । कोरोना भाइरसका...

बाजुरामा जनप्रतिनिधिकै कारण कोरोनाको जोखिम

बाजुरा, १८ वैशाख-बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा पनि बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको हो । जिल्ला स्तरीय कोभिड–१९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्