प्रदेश १ मा थप ८ जना कोरोना जितेर डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ मा थप ८ जना कोरोना जितेर डिस्चार्ज

विराटनगर, २६ वैशाख-विराटनगरमा उपचाररत थप ८ जना संक्रमितहरू कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोसी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आइसोलेशनमा रहेका उनीहरू डिस्चार्ज भएका हुन् ।

उपचार केन्द्रमा रहेका ६ जना गत बुधबार कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए । अस्पतालको आइसोलेसनमा रहेका थप ८ जना कोरोनामुक्त पुष्टि भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

शुक्रबार कोरोना जितेर डिस्चार्ज भएकाहरूमा उदयपुरका अजाद आलम, मो. परबेज आलम, मुख्तार मियाँ, रौसन खातुन, विराटनगरका आइमुन मियाँ र इजरायल मिया तथा भारतीय नागरिक मो. आदिम छन् ।

डिस्चार्जपछि पनि उनीहरू क्वारेन्टाइनमा बस्नुपर्ने कोसी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।  डिस्चार्ज भएकाहरूलाई रोग प्रतिरोधात्मक क्षमतावृद्धिका लागि आयुर्वेदिक औषधि दिएर पठाइएको छ ।

डिस्चार्ज भएकामाध्ये ७ जनालाई विराटनर रानीस्थित मस्जिदको क्वारेन्टाइनमा राखिनेछ भने उदयपुर भुल्केकी महिलालाई घरमै क्वारेन्टाइनमा बस्नेगरी पठाइएको छ ।

भुल्केको मस्जिदमा बसेका भारतीय जमाती १ जना, मस्जिदमै रहेका विराटनगर १७ का २ जना र १ महिलासहित भुल्केका स्थानीय ५ जना डिस्चार्ज भएका हुन् । उनीहरूमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो ।

चिकित्सकीय निगरानीमा रहेका उनीहरूले कुनै औषधि सेवन नगरी आफ्नै रोग प्रतिरोध क्षमताले कोरोना परास्त गरेको अस्पतालले जनाएको छ । प्रदेश १ मा भेटिएका ३१ संक्रमितमध्ये १४ जना डिस्चार्ज भएकोले अब अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन् ।

अस्पतालबाट कोरोनामुक्त भएकाहरूलाई केही समय क्वारेन्टाइनमा राखिनेछ । यसअघि डिस्चार्ज भएका ६ जनालाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टाइनमा राखिएको छ ।

सम्बन्धित समाचार

माधव नेपालको बेहाल, नवौं महाधिवेशनबाट निर्वाचित सवै पदाधिकारीले छाडे साथ

काठमाडौं, भदौ २ । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका हस्तीहरुले आजबाट औपचारिक रुपमा साथ छाडेका छन । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिँदै आउनु भएका एमालेका पदाधिकारी तथा स्थायी कमिटी...

क्रिकेट संघ मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा मोहम्मद साद चयन

विराटनगर । नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद बाबु निर्विरोध निर्वाचित भएका छन्। बिहीबार विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद साद निर्विरोध निर्वाचित भएका हुन्। मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र...

मेयर कप क्रिकेटको उपाधि सुनवर्षी वडा नम्बर ८ लाई

विराटनगर । मेयर कप नकाउट क्रिकेट प्रतियोगिताको उपाधि सुनवर्षी नगरपालिका ८ नम्बर वडाले जितेको छ । मोरङको सुनवर्षी नगरपालिका वडा नं ५ मा सम्पन्न भएको फाइनलमा सुनवर्षी नगरपालिका ६ नम्बर वडालाई ५ विकेटले हराउँदै वडा...

चीनको लक्ष्य कोरोना भाइरसले पूरा गरिदियो

एजेन्सी, बैशाख १४-कोरोना भाइरसका कारण संसारभरका धेरैजसो देशमा लकडाउन छ । त्यसैकारण धेरै देश र इलाकामा प्रदुषणको स्तर तुलनात्मक रूपमा कम भएको छ । चीनको अधिकांश समय धुलो र धुवाँले ढाक्ने उत्तरी प्रान्त हुबेईमा पनि...

१३ फागुनदेखि खेलकुद महोत्सव हुने, ६१ सदस्यीय मूल समारोह समिति गठन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव २०८१ आयोजना गर्ने भएको छ। विराटनगर स्थित बोर्ड कार्यालयमा शुक्रबार बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव...

शहीद सप्ताह सुरु

काठमाडौं, माघ १०–आजबाट शहीद सप्ताह सुरु भएको छ । मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदान गरेकाहरूको सम्झनामा शहीद सप्ताह मनाउने गरिन्छ । शहीदहरूको सम्झनामा प्रत्येक वर्ष १० माघदेखि १६ सम्म मनाउने गरिन्छ । राणा...

कोरोनाबाट २४ घण्टामा ७ जनाको मृत्यु

काठमाडौं, १५ भदौ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७ जनाको निधन भएको पुष्टि भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा १ बालिकासहित ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले...

अमेरिकी राष्ट्रपति बाइडेनले लगाए म्यानमारका सैनिक नेताहरूलाई प्रतिबन्ध

म्यानमारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो कदम सैनिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्