विराटनगर प्रमुख पराजुली भन्छन, म समाज सेवामा भगवान भेटछु

 न्यूज विराट
विराटनगर प्रमुख पराजुली भन्छन, म समाज सेवामा भगवान भेटछु

गोपाल पोखरेल

विहिबार दिउसो ५ बज्न नपाउदै विराटनगर महानगरका प्रमुख भिम पराजुली हस्याङ फस्याङ गर्दै नोवेल अस्पताल तिर हानिए । अस्पताल पुग्दा गरिव तथा विपन्नलाई वितरण गर्ने खनाको प्याकेट तयार भई सकेको थियो । केही संञ्चारकर्मीहरु सहित नोवेल पुगेका प्रमुख पराजुली काग्रेस विराटनगर समीतीले आयोजना गरेको खाना बाँड्ने कार्यक्रममा सहभागि हुगेका हुन । विराटनगर कांग्रेस कार्यवाहक सभापती अरुण न्यौपाने , उपाध्यक्ष प्रविण जोशि , सचिव प्रकाश दाहाल ,काग्रेस नेता पंकज बर्मा , नेविसंघका नेता केशव गिरी, राजु तामाङ, योगेश दाहाल, अक्षय सहनि समेत खाना बाँड्नका लागी तयार भए । कार्यवाकह अध्यक्ष न्यौपाने , सचिव प्रकाश दाहाल र पंकज बर्माले खाना प्याकिङ गरेर बाँड्ने तयारी अवस्थामा ल्याईपुर्याएका थिए ।नेपाली काग्रेस विराटनगर समीतीका सभापती समेत रहेका मेयर पराजुली , कावा सभापती न्यौपाने , उपसभापती जोशीले प्याक गरेको खाना मिलाएर बाँडन सुरु गरे ।


खाना लिनका लागी सामाजिक दुरी कायम गरेरविपन्नहरुलाई लक्षीत गरेर अस्पतालमा उपचारकालागी आएका सर्वसाधारणले खानाको प्याकेट टिप्दै हिड्दै गरे । यसरी करिब तिन सय मानिसले खानाको प्याकेट टिपेर हिडे । यो कार्यक्रम नेपाली काग्रेस विराटनगर समीतीले आयोजना गरेको हो । लक डाउन भएदेखि करिव ४० दिन दैनिक ३०० का दरले खाना वितर गर्दै आएको सचिव प्रकाश दाहालले बताए । काग्रेसका नेताहरु यसरी नै दैनिक खट्दै आएका छन । उता तरुणदल मोरङ र नेविसंघका नेताहरुले कोशि अस्पतालमा र नेविसंघका नेताहरुले विराट टिचीङ अस्पतालमा खाना वितरणको काम गरिरहेको छन ।
                                                              को हुन पराजुली ?
धार्मीक कार्यमा सक्रीय पराजुलि सामाजिक क्षेत्रमा योगदान गर्दै आएका व्यक्ती हुन । सानै देखि धार्मीक स्वभाव भएका प्रमुख पराजुली समाजसेवा गर्दा आनन्दित महसुस गर्छन । उनले धेरै जनताको सेवा गरेका छन । खान नपाँउने गरिवहरुले लक डाउनको बेला भात खुवाईरहेका छन । २०६० सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियु सचिव हुदा आर्थिक अभाव भएका हरुलाई आफ्नै खर्चमा क्याम्पसमा भार्ना गराईदिन्थे । त्योबेला आर्थिक अवस्था नभएका विद्यार्थीलाइ पराजुलीले क्याम्पस भर्नागराईदिएका मानिस अहिले ठुला ठुला ठाँउमा पुगेका छन । ति विद्यार्थीहरुले अहिले पनि पराजुलीको मुक्त कण्ठले प्रशंसा गर्छन । विद्यार्थी बेला देखि नै मेयर पराजुलीको पृष्ठ भुमि समाज सेवामा समर्पीत भएको देखिन्छ । तर ति विद्यार्थीहरुले समाचारमा नाम खुलाउन चाहेनन । पराजुली भन्छन, म समाज सेवामा भगवान भेटछु , जव दिन हिनहरुको सेवा गर्छु तब मैले भगवानको सेवा गरेको भान हुन्छ र मलाई आनन्द महसुस हुन्छ । २०६० साल को तरुण अवस्थामा पराजुलीको समाजसेवि भावना अहिले पनि उत्तीकै छ ।


उनले त्यो बेला १७ जना विद्यार्थीलाई आफ्नो खर्चमा क्याम्पस भर्ना गराईदिएका थिए । २०६१ साल तामा ११ जना , २०६३ सालमा १४ जना विद्यार्थीलाई आफ्नो खर्च हालेर क्याम्पस भर्ना गरेका थिए । त्यो बेला आर्थिक अभावमा पढ्न नसकेकाहरु संग संञ्चारकर्मीहरुको भेटमा बेला बेला स्मरण गर्छन । त्यो बेला उनले विद्यार्थीलाई सहयोग गर्दा पनि पार्टीगत स्वर्थ भन्दा माथि उठेर काम गरे । त्यो बेला नेविसंघको राजनीतिमा सक्रीय मेयर पराजुली अखिलका विद्यार्थीहरुलाई समेत आफ्नो खल्तीबाट पैसा हालेर भर्ना गरिदिन्थे । जब की त्यो बेला अखिल र नेविसंघ भन्ने वित्तीकै वर्ग दुश्मनको रुपमा परिचित थिए । उनि संग त्यो बेला निकट रहेका मनिस तिम्सीना भन्छन, त्यो बेला दाईले धेरैलाई सहयोग गर्नु हुन्थ्यो । त्यो बेला नेविसंघमा केदार कार्की , भिम पराजुली , दिपक नेपाल (विनायक) रामकुमार खत्रीको एउटा समुह थियो ।

हरि भट्राई , राम नरेश यादव , संन्जय मण्डल, लभकुमार घिमिरे लगायतको अर्काे प्राजातान्त्रीक काग्रेस निकट नेविसंघ समुह थियो । अर्का तर्फ अखिलको पारुल क्षेत्रीहरुको अर्काे समुह थियो । त्यसैगरी राजेन्द्र कार्कीहरुको अर्काे समुह थियो । अर्काे भोगेन्द्र यादवले नेतृत्व गरेको विद्यार्थी संगठनका अध्यक्ष श्रवण रायको अर्काे संगठन थियो । अरुले गाली गर्दा समेत नरिसाउने पराजुली प्रजातान्त्रीक काग्रेस संगको एकता पछी सबैको लोकप्रयता बाट २०६१ सालको स्ववियु निर्वाचनमा बागी उठेर निर्वाचीत भएका थिए ।उनका प्रत्यासि आफ्नै पार्टीका नेता हरि भटराईलाई ११ मतले पछि पार्दै विजयी भएका थिए । त्यो बेला अखिलको एक जना पारुल क्षेत्री अर्का राजेन्द्र कार्की को स्ववियु सभापतीमा दुई गुठको उमेदवारी परेको थियो ।

सम्बन्धित समाचार

एनपीसी बैठक सुरु, चीनले आर्थिक वृद्धिको लक्ष्य नतोक्ने

एजेन्सी, जेठ ९-चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य नतोक्ने भएको छ । शुक्रबारबाट सुरु भएको वार्षिक संसदीय बैठक नेशनल पिपुल्स कंग्रेसमा करिब ३ हजार प्रतिनिधि सामेल रहेका छन् । एनपीसीको बैठकले बजेट स्वीकृत गर्छ भने...

कांग्रेसका १० भ्रातृ संगठनका केन्द्रीय कार्यसमिति भंग

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका १० भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग भएको छ । मंगलबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले  म्याद सकिएका भ्रातृ संस्थाको केन्द्रीय समिति भंग...

२४ घण्टामा थपिए ४७३ जना कोरोना संक्रमित

काठमाडौं, १८ असार-पछिल्लो २४ घण्टाको अवधिमा थप ४७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १०९ महिला र ३ सय ६४ जना पुरुष गरी ४७३ जनामा संक्रमण...

बीएलएस र एसीयलएस’ तालिमको लागि न्यूरो र सेमाबीच सम्झौता

विराटनगर । ‘बीएलएस र एसीयलएस’ तालिमको लागि न्युरो हस्पिटल र सेन्टर फर इमर्जेन्सी मेडिकल एडभान्समेन्ट (सेमा) बीच सम्झौता भएको छ । आगमि दिनमा उक्त तालिमको लागि दुई पक्षबीच सहमति भएको हो । सेमा र न्यूरोबीच...

कृषिलाई प्राथमिता दिन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्रथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गर्नु पर्ने आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले...

प्रविधिमा रुपान्तरण आवस्यक : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३० असोज–प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवस्यक रहेकोमा जोड दिएका छन् । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत शिक्षकको सूचना प्रविधि सम्ंवन्धि क्षमता विकासका लागि दोश्रो चरणको अनलाईन तालिमको...

नेकपा प्रवक्ता भन्छन् : पार्टी संवेदनशील मोडमा छ, ओलीजीले बैठकमा आएर निष्कर्ष दिनुहोला

नेकपाका सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी संवेदनशील मोडमा पुगेको बताएका छन् । बुधबारको सचिवालय बैठकपछि संचारकर्मीहरूसँग कुराकानीका क्रममा पार्टी गम्भीर मोडमा रहेकोले आगामी बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने अपेक्षा र...

नेपाल स्काउटको स्थापना दिवसमा पदक वितरण

विराटनगर । नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्काउट कार्यालयले एक समारोहका बिच पदक वितरण गरि मनाइएको छ । विराटनगर– ५ स्थित एभरेस्ट बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्