प्रदेश १ का थप ८ जनाले कारोना जिते, भोलि डिस्चार्ज गरिँदै

 न्यूज विराट
प्रदेश १ का थप ८ जनाले कारोना जिते, भोलि डिस्चार्ज गरिँदै

विराटनगर, बैशाख २५–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप ८ जना डिस्चार्ज हुने भएका छन् । डिस्चार्ज हुने ८ जनाको दुई पटक गरिएको स्वाव परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । उनीहरुलाई भोली विहान १० वजे डिस्चार्ज गरिने छ ।

शुक्रबार डिस्चार्ज हुनेमा ७ जना नेपाली र १ भारतीय रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगिता मिश्राले जानकारी दिइन् । उनका अनुसार ७ नेपाली डिस्चार्ज हुनेमध्ये २ जना विराटनगरका रहेका छन् । कोरोना उपचार केन्द्रमा भर्ना भएको १४ दिन अवधि पुगेका १५ जनाको पीसीआर परीक्षण गर्दा ८ जनाको रिपोर्ट नेगेटिभ र ७ जनाको पोजेटिभ आएको थियो । कोभिड अस्पतालबाट यसअघि बुधबार ६ जना डिस्चार्ज भएका थिए । बुधबार डिस्चार्ज हुने सवै भारतीय नागरिक रहेका थिए ।

६ जना डिस्चार्ज भएपछि उपचार केन्द्रमा २५ जना रहेका थिए । भोलि ८ जना डिस्चार्ज भएपछि १७ जना हुने छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रदेश नंं. १ मा बिहिबारसम्म कोरोना भाईरस कोभिड १९ का शंकास्पद १ हजार ७ सय ८९ जनाको स्वाव संकलन गरिएको छ ।

स्वाव संकलन गरिएका मध्ये ४ सय २२ महिला र १ हजार २ सय ९० पुरुष गरि १ हजार ७ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा आरडिटी विधिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण गरिएको छ । आरडिटी परीक्षण गरिएका मध्ये १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

आरडिटी गरिएका १ हजार २ सय १२ महिला र ५ हजार ५ सय ६० पुरुष गरि ६ हजार ७ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ सरकारले वैशाख २५ गते सम्म ५ हजार ७ सय ९८ वेडको क्वारेन्टाईन निर्माण गरेको छ । मोरङको मिक्लाजुङमा नेपाली सेनाले यसअघि निर्माण गरेको २ सय वेडको क्वारेन्टाईन हटाईएको छ ।

हावाहुरीका कारण पाल उडाएपछि क्वारेन्टाईन हटाईएको बताईएको छ । प्रदेश १ मा क्वारेन्टाईनमा बस्नेको संख्या १ हजार ४ सय २ पुगेको छ । होमक्वारेन्टाईनमा ७ हजार ६ सय २९ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार

जनकपुर, ३१ वैशाख-वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षबाट २ जना कोरोना संक्रमित भागेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले नारायणी अस्पतालबाट २ जना संक्रमित भागेको खबर आएको र...

ओली प्रधानमन्त्रीबाट पूर्व बन्नुमा भूराजनीतिक प्रभाव:उपेन्द्र यादव

काठमाडौं । सत्ता गठबन्धनका एक शीर्ष नेता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको पनि साथ रहेको खुलासा गरेका छन् । नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा...

विराटनगर भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ ।विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

औद्योगिक क्षेत्रका समस्या समाधान गर्न राष्ट्रिपतिको आग्रह

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् ।विराटनगरमा बिहीबारबाट सुरू भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् । राष्ट्रपति...

२४ घण्टामै २३ सयभन्दा बढीको पीसीआर परीक्षण

काठमाडौं, ३१- वैशाखएकै दिनमा २३ सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ हजार ३ सय ५७  जनाको स्वाब परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणको कुल संख्या...

झडपबीच सकियो कांग्रेस बैठक

काठमाडौं, माघ १३–नेविसंघका विद्यार्थीबीच जारी झडपकै बीच कांग्रेसले महाधिवेशनबाहेकका सबै अधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले गत ११ पुसमा पेस गरेको महाधिवेशन कार्यतालिकामध्ये महाधिवेशनबाहेकका कार्यतालिका परिवर्तन गरेको हो...

दशगजामा भारतले निर्माण गरेका संरचना हटाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं, १६ जेठ-संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दशगजा क्षेत्रमा रहेका भौतिक संरचनालाई तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिले भारतीय सीमामा रहेको दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता...

प्रेस युनियनको महाधिवेशन हेटौंडामा

काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितिमा बसेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्