आन्तरिक गृहकार्य नपुगेर स्थायी कमिटी बस्न सकेन : प्रचण्ड

 न्यूज विराट
आन्तरिक गृहकार्य नपुगेर स्थायी कमिटी बस्न सकेन : प्रचण्ड

काठमाडौं, २५ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको प्रतिक्रिया दिएका छन् । उनले २ अध्यक्षबीच छलफल जारी रहेको र २ दिनभित्रै बैठक बस्ने बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकिएपछि स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताए ।  संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाब दिएपछि संचारकर्मीसँग बोल्दै अध्यक्ष प्रचण्डले भने ‘अलि गृहकार्य नपुगेकै हो । दुवै अध्यक्षले बैठक एक/दुई दिनभित्र बोलाउँछौँ ।’

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न बुधबार बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । अध्यक्ष प्रचण्डले बिहीबार नै संसद सभाहलको अनुगमन पनि गरेका थिए । अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताए ।

‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ । प्रधानमन्त्रीका लागि २ वटा रो नै छोड्ने र माथि पनि प्रयोग गर्ने बनाउनुभएको छ । स्यानिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ । ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ ।’

संघीय संसद सांसदहरू र कर्मचारीहरूको स्वाव पीसीआर परीक्षणका लागि संकलन गरीएको छ । संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।

सम्बन्धित समाचार

एकिकृत जाँच चौकी(आइसिपी) सञ्चालनमा, ओली र मोदीले गरे संयुक्त उद्घाटन्

विराटनगर, माघ ८–भारत सरकारको सहयोगमा विराटनगर–१८ मा निर्माण गरिएको एकिकृत जाँच चौकी (आइसिपी) आजबाट संचालनमा आएको छ । आइसिपी संचालनमा आएपछि आयातनिर्यातमा सहजता हुने अपेक्षा गरिएको छ । बुधबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र...

घरमै पुगेर कोरोना भाइरसको परीक्षण

धनगढी उपमहानगरपालिकाले घरमै पुगेर कोरोना भाइरसको जाँच सुरु गरेको छ ।शुक्रबार वडा नं १२ बाट सुरु गरिएको भाइरसको ¥यापिड टेस्ट शनिबार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ । उपमहानगरपालिकाले भारतलगायत विभिन्न...

कोरोना संक्रमणबाट बीपीमा एक महिलाको मृत्यु

विराटनगर, १७ असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत सुनसरीको इनरुवा–४ कि २८ वर्षिया महिलाको शनिबार बिहान ४.३० बजे मृत्यु भएको...

रञ्जु दर्शनासहित १ सय ३ जना गिरफ्तार

काठमाडौं, ३० वैशाख-भारत सरकारले नेपाली भूमि मिचेर चीनको मानसरोवरसम्म पुग्ने सडक बनाएपछि त्यसको विरोध भइरहेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार धार्चुला-लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए । भारतले विवाद जमिनमा सडक बनाएर उद्घाटन...

दैलेखमा पुग्याे पीसीआर मेसिन, ३ दिनभित्र परीक्षण

दैलेख, ६ असार-कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन आइपुगेको छ । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि...

धार्मिक सदभावको सन्देश, हिन्दु–मुस्लीम मिलेर गरे अष्टजाम

विराटनगर । विराटनगरका हिन्दु मुस्लिम समुदायका ब्यापारीहरुले धार्मिक एकताको सन्देश दिन अष्टजाम सुरु गरेका छन् । विराटनगर ११ स्थित नयाँ गुद्री बजारमा मुलुकमा धार्मिक एकताको सन्देश दिन हिन्दु मुस्लिम मिलेर अष्टजाम गरेका हुन् ।हिन्दु धर्मालम्वीहरुको...

चन्द्रपुर र जलेश्वरमा करदाता सेवा कार्यालय स्थापना

विराटनगर, ३ कात्तिक–प्रदेश २ को चन्द्रपुर र जलेश्वरमा करदाता सेवा कार्यालय स्थापना भएको छ । सोमबारदेखि दुवै स्थानमा करदातालाई सहज हुनेगरी करदाता सेवा कार्यालय स्थापना भएको हो । नेपाल सरकार अर्थ मन्त्रालय आन्तारिक राजस्व विभाग...

संविधान संशोधन प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ९ जेठ-सरकारले नेपालको नयाँ नक्सा कार्यान्वन गराउनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गरेर नयाँ नक्सालाई कार्यान्वनमा ल्याएर सम्पूर्ण सरकारी कार्यालयमा औपचारिकता दिने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्