संघीय संसदका ४४१ जनाको थ्रोट स्वाब संकलन

 न्यूज विराट
संघीय संसदका ४४१ जनाको थ्रोट स्वाब संकलन

काठमाडौं, २५ वैशाख-शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र कर्मचारीको कोरोना भाइरस परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ ।

आज संघीय संसदअन्तर्गत कूल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो । जसमा १७९ जना प्रतिनिधिसभा सदस्य, राष्टियसभाका ३३ जना सदस्य र कर्मचारी र मर्यादापालक २२९ जना गरी जम्मा परिक्षण ४४१ जनाले परीक्षणका लागि स्वाबको नमुना दिएका छन् । बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण भोलि बिहान ८ बजेदेखि १० बजेसम्म बानेश्वरमै स्वाबको नमुना संकलन गरिने संसद सचिवालयले जनाएको छ ।

सांसदको कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट हुने छ । त्यसका लागि बिहीबार (आज) बिहान १० बजेदेखि राष्ट्रियसभा सांसदको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन संघीय संसद भवन परिसर बानेश्वरमा गरिएको छ ।

कार्यव्यवस्था परामर्श समितिले पनि संसद भवन छिर्नेहरू सबैको कोरोना भइरस परीक्षणसहित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो । संसद बैठक स्थलमा पनि सांसदहरु बीचको दूरी कायम गरिने गरी व्यवस्था मिलाइएको छ भने संसद प्रवेश गर्नेहरूले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

आज रातिदेखि दमकमा एक हप्ता लकडाउन

झापा, ३२ साउन-समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी १ हप्ता लकडाउन हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत संक्रमणको...

खोटाङमा भेटिए डेंगुका बिरामी

खोटाङ, २ असोज । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच...

‘संसदीय मूल्य र मान्यतालाई व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्छ’  

काठमाडौं, १६ असार-प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य र मान्यतालाई व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् । संसद दिवसको अवसरमा आज...

नेपाली आकाश आज पूर्ण खाली

सोमबार दिनभर नेपाली आकाशमा एउटा पनि उडान नहुने भएका छन् । आन्तरिक तथा बाह्‍य कुनै पनि उडानले सोमबार बिहानसम्म अनुमति नपाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । यसअघि पर्यटक उद्दारका लागि आन्तरिक उडान बढाइए पनि...

आशातीत सफलता प्राप्त गरिरहेका छौँ : प्रधानमन्त्री ओली

काठमाडौं, १ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना...

सिटिभिटीले लिएको लेभल टूको परीक्षा विवादमा, केन्द्र सारेर पुनः परीक्षा लिन माग

विराटनगर । प्राबिधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिभिटी) ले सौन्दर्यकर्मीहरुको लागि सुरू भएको लेभल टूको प्रयोगत्मक परीक्षा विवादमा परेको छ । ३ फागुनदेखि विराटनगरमा सुरु भएको प्रयोगत्मक परीक्षा विवादमा परेको हो । परीक्षा निष्पक्ष हुन...

पर्यावरणको असन्तुलनले मानव स्वास्थ्यमा असरः मन्त्री मगर

विराटनगर, २८ असार । प्रदेश नं १ का कृषि मन्त्री झलकबहादुर मगरले पर्यावरण असन्तुलनले मानव स्वास्थ्यमा धेरै असर परिरहेको बताउनुभएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्वारा आज यहाँ आयोजित एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि...

शिक्षादीप कलेजद्वारा अग्निपीडितलाई शैक्षिक सामग्री र पोशाक वितरण

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज अग्निपीडित बालवालिकाहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ ।रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएक ाविद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री तथा पोशाक सोमबार वितरण गरेको हो । शिक्षादीप कलेजका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्