क्वारेन्टाइनमा म्याद नाघेको चामल

 न्यूज विराट
क्वारेन्टाइनमा म्याद नाघेको चामल

बाजुरा, २५ वैशाख-बाजुराको बुढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ । म्याद नाघेको चामल प्रयोग गरिएको र क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको हो ।

लकडाउनको मौका छोपेर व्यापारीले त्यस्तो चामल बिक्री गरेकै कारण सर्वसाधारण बिरामीसमेत परेपछि ल्याब परीक्षण गर्न लागिएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताए ।

नगरपालिकाले खरिद गरेका चालमको म्याद नै नाघेको र मार्करले नयाँ मिति लेखिएको अवस्थामा भेटिएको भनी चौतर्फी विरोध हुन थालेपछि चामलको गुणस्तर मापन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख शाहको भनाइ छ ।

चौतर्फी आलोचना र विरोधपछि जिल्ला प्रशासन कार्यालय बाजुराले समेत त्यसको वास्तविकता के हो भनेर गरपालिकालाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए । प्रशासनको पत्रपछि नगरपालिकाले नगर उपप्रमुख तारा खातीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको मिति हेर्दा सन् २०१७ फ्रेबुअरी रहेको छ । तर, चामलको कट्टामा भने मार्करले सन् २०२० लेखिएको छ । चामल स्थानीय व्यापारी सुनिल बानियाँको पसलबाट खरिद गरिएको बताइएको छ । रासस

सम्बन्धित समाचार

प्रदेश १ मा थप १५ जनामा कोरोना, संक्रमितको संख्या ४४८ पुग्यो 

विराटनगर, ७ असार-प्रदेश १ मा आइतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी, मोरङ, उदयपुर र झापामा ४ महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ...

२ सय शीत भण्डार निर्माण गरिने

काठमाडौं, १५ जेठ-सरकारले २ सय शीतभण्डार निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।उनले यसका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । सामूहिक खेती नगर्नेलाई...

मिल्स गोल्डकपको उपाधिको लागि सिरहा र झापा भिड्दै

विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिबार दिउँसो साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब र झापाको ध्रुवतारा युवा क्लबसँग प्रतिस्पर्धा गर्दै छन् । तेस्रो संस्करणको उपाधि जित्ने दाउसहित सिरहा...

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा पार्टीको लोकप्रिय मत घटेको विषयले कांग्रेसको साख गिरेको बताएका छन् । विराटनगरमा मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको ‘बाटो विराएको राजनीति’ नामक विचार संग्रह विमोचन कार्यक्रममा पपुलर...

प्रदेश १ की सामाजिक विकास मन्त्री राई भन्छिन्ः प्रतिकुलतालाई अनुकुलतामा बदल्नुपर्छ

विराटनगर, ५ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छन् । कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनले बताइन् ।...

विराट नर्सिङ होममा सिण्डीकेट, भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलित

विराटनगर । विराट नर्सिङ होम (विराटनगर अस्पताल) का सुरक्षागार्डले बाहिरका फार्मेशीका कर्मचारीलाई भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलनमा उत्रिएका छन् । बिहीबार दिउँसो एवान फार्मेशीका कर्मचारी प्रितम तामाङ्गलाई विराट नर्सिङ होमका सुरक्षा गार्डले हस्पिटल...

नेकपा बैठकमा एमसीसीबारे तीनथरी मत

काठमाडौं, माघ १७–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समिति बैठकमा अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई लिएर ३ धार देखा परेका छन् । बैठकमा वोल्ने सदस्यहरुले एमसीसीवारे गुटगत रुपमा धारणा राखेका छन् । बैठकमा...

गठबन्धनविरुद्ध जानेमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री खाँण

काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको निर्णयविपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिने बताएका छन् । गृहजिल्ला रुपन्देहीस्थित आफ्नै निवासमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ''कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्