विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली

 न्यूज विराट
विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली

बागलुङ, २५ वैशाख-अघिल्ला वर्षका वैशाख र जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपाली भने कामविहीन भएका छन् । बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार कामको चापले लगनको महिनामा राम्रोसँग खान र सुत्न पनि पाउनु हुन्थेन । अझ वैशाख, जेठका लगन त झन् छोप्नै गाह्रो हुन्थ्यो ।

विवाहका लुगा सिलाउन आउनेदेखि नयाँ शैक्षिकसत्र सुरू भएसँगै विद्यालय पोशाकको चापले परियारलाई उठिखाऊँ कि बसीखाऊँको अवस्था हुन्थ्यो । उनीसँगै काम गर्ने टेलरिङका मजदुरको अवस्था पनि उस्तै । काम चल्थ्यो र त कमाइ हुन्थ्यो । यो वर्षको सुरूकै लगनको महिना उनीहरुका लागि खेर गयो ।

विद्यालय बन्द रहेकाले शैक्षिकसत्र त केही ढिलो भए पनि सुरू होला तर वैशाख र जेठमा हुने विवाह टरेकाले उनीहरुको आम्दानी लकडाउनले सक्यो । लकडाउनका कारण यो वर्षको वैशाखमा बागलुङमा बैदिक विवाह निकै कम भएका छन् । अत्यावश्यक मानिएका बाहेक रोक्न मिल्ने र लगन सारेर गर्न मिल्ने विवाह यो वैशाखमा भएनन् ।

‘मंसिरमा पनि बिहे त होलान् तर अहिलेका बिहे खप्टिएर आउँदा के फाइदा होला र’ सुजन भन्छन्, ‘वर्षभरि घरभाडा तिर्न पुग्ने कमाउने महिना हो तर आफैं सुतेर समय बिताएको छु ।’ कोरोना भाइरस लक्षित लकडाउनको प्रत्यक्ष प्रभाव सिलाइ व्यवसायीमा परेको हो । हिजो काम गरेर ज्यालामा दैनिकी चलाएका मजदुरहरु आज सहकारीले दिएको ऋणकै भरमा गुजारा चलाएर बसेको परियार बताउँछन् ।

‘श्रमिकको त बिचल्ली भएको छ, बजारमा महँगो घरभाडा तिरेर महँगो खाद्यान्न खाएर बसेका छन्’ परियार भन्छन्, ‘अरु केही काम गरौँ भने पनि केही छैन ।’

मजदुरमात्रै होइन सञ्चित सम्पत्ति नभएका व्यवसायीलाई नै दैनिक कारोवार चलाउन कठिन भइरहेको अर्का व्यवसायी मीनकुमार दर्नाल बताउँछन्, ‘घरभाडा तिर्नैपर्‍यो, व्यवसाय गर्दा लिएको ऋणको व्याज बढ्दै छ’ दर्नालले भने, ‘मजदुर र साहु सबैको बिल्लीबाठ हुने भो ।’ सिजनको काम धेरै चल्ने टेलरिङ व्यवसायले अरू महिनाभन्दा विद्यालय र विवाहका पोशाक बनाउने महिनामा धेरै आम्दानी गर्छन् ।

‘यहाँ व्यवसाय गर्ने अधिकांश आफैँ पनि मजदुर हुन्, ऋणमा चलाएको व्यवसायमा अरु केही साथीहरु मिलेर काम हुन्थ्यो’ अर्का व्यवसायी धनबहादुर परियारले भने, ‘को मालिकको श्रमिक सबैलाई समस्या छ ।’ बागलुङ बजारमा करिब ८० वटा सानाठूला टेलरिङ सेन्टर सञ्चालनमा छन् । व्यवसायिकरूपमा सञ्चालनमा आएकादेखि स्वरोजगारका लागि चलेका टेलरिङको क्षेत्रमा २५० भन्दा बढीले रोजगारी पाएका छन् ।

बजार बाहिरका पालिका मुकामका टेलरिङसमेत अहिले ठप्प छन् । उनीहरु के–कति स्वरोजगारीमा छन् भन्ने तथ्यांक छैन । ग्रामीण क्षेत्रमा छिटफुटरूपमा रहेको बालीघरे प्रथासमेत लकडाउनको कारण सङ्कटमा परेको छ । कल बोकेर घरघरमै सेवा दिने बालिघरे प्रथा कोरोना त्रासको कारण समस्या परेको व्यवसायी बताउँछन् । सिजन गुमाएको व्यवसायलाई सबै तहका सरकारले राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग छ ।

हिमालपारि ‘फाइबर टु द होम’ सेवा

नेपाल टेलिकमले हिमालपारिको जिल्ला मुस्ताङमा उच्चगतिको डाटा तथा भ्वाइस सेवा दिन शुरु गरेको छ । लकडाउनकै समयमा मुस्ताङमा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा सुरू भएको हो ।

लकडाउनको समयमा मुस्ताङ जिल्ला प्रवेशमा लगाइएको रोकका बाबजुद नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङको प्राविधिक समूहले जोमसोम पुगेर काम थालेको थियो । दूरसञ्चार कार्यालय बागलुङका प्रमुख केशव शर्माले गत सातादेखि सुरू भएको फाइबर तार विस्तारको काम सकिएको बताए ।

साविकको धवलागिरि अञ्चलका बागलुङ, पर्वत र म्याग्दीमा यो सेवा यसअघि नै सञ्चालन भइसकेको थियो । कार्यालय प्रमुख शर्मा नेतृत्वमा बागलुङबाट चार प्राविधिक र मुस्ताङ कार्यालयमा रहेका थप चार जना प्राविधिकले जोमसोम र ठिनीगाउँमा रहेको झण्डै नौ किलोमिटर दूरीमा फाइबर विस्तार गरेका थिए । फाइबरको मुख्य लाइन विस्तारको काम सकिएको र आगामी जेठदेखि ग्राहकका लागि डिभाइस र लाइन वितरणको काम थालिने शर्माले बताए ।

स्थानीय प्रशासन, स्थानीय तह र सरोकारवालासँगको छलफलपछि मुस्ताङ पुगेको प्राविधिक समूहले काम थालेको थियो । तत्कालका लागि मुस्ताङका ४ सय ग्राहकले फाइबर टु दि होम सेवा प्रयोग गर्न पाउने शर्माले बताए । तामाको तारमा प्रावह भइरहेको डाटा तथा भ्वाइस भरपर्दो र कम गतिको भएको गुनासो आइरहेकाले लकडाउनको प्रवाह नगरी मुस्ताङमा काम गरिएको शर्माले बताए ।

मुस्ताङका सरकारी तथा गैरसरकारी कार्यालय र होटल व्यवसाय उच्चगतिको इन्टरनेट प्रयोग गर्न नपाएका कारण सबैभन्दा धेरै मर्कामा थिए । फाइबरबाट आठ एबीपीएस गतिको इन्टरनेट सुपथ मूल्यमा उपलब्ध हुने भएकाले उपभोक्ताको गुनासो कम हुने टेलिकमले जनाएको छ ।

टेलिकम बागलुङका सुपरभाइजर केशव सापकोटा न्यूनतम ८ सय रूपैयाँ प्रतिमहिना खर्च आउने यो प्याकेजबाहेक अझै उच्च क्षमताको इन्टरनेट उपभोक्ताको मागको आधारमा उपलब्ध गराउन सकिने बताउँछन् । रासस

सम्बन्धित समाचार

नाराणकाजी श्रेष्ठले भने : सांसद विकास कोषलाई कोभिड-१९ नियन्त्रणमा प्रयोग गरौँ

काठमाडौं, २९ चैत-सांसद विकास कोषलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रण तथा रोकथाममा लगाउनु पर्ने माग बढिरहेको छ ।यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कोभिड-१९ नियन्त्रणमा उक्त कोष प्रयोग गर्न ढिला गर्न नहुने...

सद्दाम हुसेनलाई फाँसी दिएकाे १५ वर्षपछि उनकी छाेरीले गरिन् यस्ताे अपिल

इराकका राष्ट्रपति रहेका सद्दाम हुसेनलाई ३० डिसेम्बरमा फाँसी दिइएको थियो । उनको मृत्युको १५ वर्षपछि छोरी रगद हुसेनले इराकका नागरिकहरूलाई अरब क्षेत्रकाे परिवर्तनका लागि भूमिका निर्वाह गर्न अपिल गरेकी छन् । आफ्ना पिताकाे एक ठूलाे...

नेकपा सचिवालय : ओली र प्रचण्डका पत्रबारे छलफल, ३ मंसिरमा बैठक बस्ने

काठमाडौं, २८ कात्तिक-सत्तारूढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई पठाएका पत्रबारे छलफल भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको आवश्यकत महसुस गर्दै कार्यकारी अध्यक्ष...

तेल बोक्ने ट्यांकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, १५ पुस-मोरङको कटहरी गाउँपालिकामा बुधबार विहान तेल बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको ज्यान गएको छ । कटहरी गाउँपालिका–३ मा बुधबार विहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ...

भारतबाट नेपालतर्फ हुने अवैध आयात बन्द गर्न विराटनगरका उद्योगी/व्यवसायीको माग

विराटनगर, १७ फागुन । विराटनगरका उद्योगी व्यवसायीले खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपाल तर्फ हुने अबैध आयात नियन्त्रण गर्न माग गरेका छन् । सोमबार विराटनगरमा बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईलाई स्वागत गर्दै विराटनगरका...

फोनिजको छैटौं पूर्ण बैठक : कोशी नाम खारेजलगायत १३ बुँदे घोषणापत्र जारी

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको छैटौं बैठकले १३ बुँदे घोषणापत्र जारी गरेको छ । विराटनगरमा सम्पन्न उक्त बैठकले प्रदेश १ को नामकरण पहिचान, ऐतिहासिक पृष्ठभूमिलगायतलाई नामटे गरी कोशी नामकरण गरिएको...

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौं, २२ जेठ-चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाललाई नियुक्त गरिएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बोर्ड...

मोरङको उर्लाबारीमा पनि एमालेको अग्रता

विराटनगर, ३१ वैशाख । मोरङको उर्लाबारी नगरपालिकामा पनि नेकपा (एमाले) ले अग्रता लिएको छ । २०२ मत गणना हुँदा मेयर, उपमेयर दुवै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका हुन् । मेयरमा एमालेका गंगा खरेलले एमालेका गंगा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्