बझाङमा आरडीटी किट अभाव, भारतबाट भित्रिएकाको भएन परीक्षण

 न्यूज विराट
बझाङमा आरडीटी किट अभाव, भारतबाट भित्रिएकाको भएन परीक्षण

बझाङ, २५ वैशाख-बझाङमा कोरोना भइरसको परीक्षण गर्ने किट तथा स्वास्थ्य सामग्रीको अभाव भएको छ । बाहिरी जिल्ला तथा भारतबाट आएका ६ सय ७५ जना अझै पनि क्वारेन्टाइनमा रहेकाले उनीहरुको र्‍यापिड टेस्ट गर्न किट अभाव भएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले प्राप्त १ हजार १ सय किटमध्ये हाल ६० मात्र र्‍यापिड टेस्ट किट मौज्दात रहेको बताए ।

हालसम्म जिल्लामा ८७५ जनाको र्‍यापिड टेस्ट र ७१ को स्वाब परीक्षण गरिएकामा सबैको नेगेटिभ आएको छ ।जोशीले पर्याप्त मात्रामा पीपीई, थर्मलगन तथा किट अभावले परीक्षणमा समस्या भएको बताए । गएको साता मात्र भारतको झुलाघाट तथा धार्चुला नाकाबाट बझाङ भित्रिएका ६ सय १३ जनाको पनि स्वास्थ्य परीक्षण गर्न बाँकी छ । रासस

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्ने

काठमाडौं, २८ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । उनले बिहान ११ बजे लकडाउनको नयाँ स्वरूप, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री...

त्रिविको स्थगित परीक्षा साउनबाट, परीक्षा फाराम अनलाइनबाट

काठमाडौं, असार ९ । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा...

घरभित्रै गाडिएको अवस्थामा वृद्धको शव फेला

विराटनगर, ७  जेठ-मोरङको विराटनगर महानगरपालिका–१४ स्थित झडियारीमा १ जना वृद्धको घरभित्र गाडिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ५५ वर्षीय सत्यराम चौहानको शव आफ्नै घरभित्र करिब ३ फिट गहिरो खाडल खनेर गाडिएको अवस्थामा शव...

सरकारसँगको ‘राजनीतिक टसलपछि’ समाज कल्याण परिषद्का पदाधिकारीहरूले दिए राजीनामा

काठमाडौं, ८ असोज । समाज कल्‍याण परिषद्का उपाध्यक्षसहित सबै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् । परिषद्‍का सदस्य सचिव पुष्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले...

मोरङको उर्लाबारीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा आफ्नै मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ परेका छन् । उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियार बाम्फोक दाउले टाउँकोमा प्रहार गरेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेको प्रहरीले...

अग्नी नियन्त्रक र चालक सम्मानित

विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अग्नी नियन्त्रक र चालकलाई सम्मान गरेको छ । विराटनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा अग्नी नियन्त्रक रमेश मेहता, प्रकाश कोइराला र...

४२.७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, २२ असार-नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२.७ प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६...

कास्कीमा १९ महिने बालिकामा कोरोना

पोखरा, ६ असार-कास्कीको मादी गाउँपालिकाका १९ महिने बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मादी गाउँपालिकामा अहिलेसम्म एक बालकसहित ३ जनाका कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा शनिबार बिहान ७ जिल्लाका ५८ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्