बुद्धका उपदेश पालना गरे राष्ट्रिय एकता थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति भण्डारी

 न्यूज विराट
बुद्धका उपदेश पालना गरे राष्ट्रिय एकता थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति भण्डारी

काठमाडौं, २५ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले २ हजार ५६४औँ बुद्धजयन्तीका अवसमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेका शान्ति र अहिंसाप्रेमी सम्पूर्णमा शुभकामना व्यक्त गरेकी छिन् ।

आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा मिलोस् भन्दै राष्ट्रपति भण्डारीले बुद्धजयन्तीको शुभकामना व्यक्ति गरेकी हुन् ।

बौद्धदर्शनका प्रवर्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपति भण्डारीले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

सम्बन्धित समाचार

दाङका २ संक्रमित भारतको मुम्बइ र गोरखपुरबाट फर्किएका थिए

दाङ, जेठ ३-तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा १३ जनाको उपचार भइरहेको छ । उक्त अस्पतालमा दाङका २, कपिलवस्तुका ३ र बाँकेका ८ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी...

तेस्रो लहरको चेतावनी दिँदै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयले भन्यो- पूर्वाधार तयारी अवस्थामा राख्नु

काठमाडौं, ७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर...

आज २५६४ औँ बुद्ध जयन्ती, घरमै दीपावली गरेर मनाउन सरकारको आह्वान

काठमाडौं, २५ वैशाख-प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप मनाइँदै छ । ‘अहिंसा नै शान्ति र...

ट्रकसहित २७५ बोरा प्याज नियन्त्रणमा

तनहुँ, १२ वैशाख-व्यास नगरपालिका कार्यालयले एक ट्रकसहित २७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ ।व्यास–३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार बन्द गरी ट्रकसहित खाद्य पदार्थ नियन्त्रणमा लिएको हो । सामान...

नेपाली र भारतीय मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विभिन्न समयमा चोरी भएका ७ वटा मोटरसाइकलसहित गिरोहका ७ जनालाई...

प्रदेश १ बाट एकै दिन ४० जनाले जिते कोरोना

विराटनगर, ४ असार-प्रदेश १ बाट बिहीबार ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९...

डिजेल र पेट्रोलको पूर्वाधार कर १० रुपैयाँले घट्यो

काठमाडौं  । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १० /१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बतायो । ‘हामीले १०-१० रुपैयाले घटाएर उद्योग...

दर्ता प्रक्रियामा एनआरएन फन्ड, १ अर्ब ८० करोडको प्रतिबद्धता जुट्यो

गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । संस्थापकहरूका तर्फबाट बिहीबार हस्ताक्षर भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्