नेकपाले आयोजना गरेको रक्तादानमा ६७ पिन्ट रगत संकलन

 न्यूज विराट
नेकपाले आयोजना गरेको रक्तादानमा ६७ पिन्ट रगत संकलन

विराटनगर, बैशाख २४–नेकपा विराटनगर महानगरपालिका वडा नं. ११ शाखा कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित जनपथ माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान जीवनदान भन्ने मुल नाराका साथ गरिएको रक्तदान कार्यक्रममा कुल ६७ जना रक्तदाताहरुबाट ६७ पिन्ट रगत संकलन भएको छ । लकडाउनका कारण विराटनगरको ब्लड बैंकमा रगतको अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले बताए ।

त्यस्तै नेकपा ११ नं. वडा कमिटीकी अध्यक्ष ममता प्रधानले एक थोपा रगतको अभावमा ज्यान गुमाउन बाध्य भएका व्यक्तिहरुले पनि नयाँ जीवन पाउने धारणा व्यक्त गर्नुहुँदै सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरिन् । नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा बिशेष गरि युवा तथा प्रौढ उमेर समूहकाले बढी रक्तदान गरेका थिए ।

सम्बन्धित समाचार

विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुँदै, ८ वटा विद्यालयले भाग लिने

विराटनगर । विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुन लागेको हो । आयोजकले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी फागुन ११ देखि १८...

बेलबारी गोल्डकप, बिर्तामोड युनाईटेड क्लब अन्तिम चारमा

बेलबारी । बितामोड युनाईटेड क्लब झापा बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा प्रबेश गरेको छ । लिग बिजेता चर्च ब्वाईज क्लब काठमाण्डौलाई हराउँदै बितामोड युनाईटेड क्लब झापा अन्तिम चारमा पुगेको हो । बुधबार बिर्तामोड युनाईटेड...

नेपालको नयाँ नक्सा अद्यावधिक गरी संघीय संसदको लोगो बनाइने

काठमाडौं, ११ जेठ-संघीय संसदको प्रतीकका रूपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको...

विराटनगर महानगरको सेवा असोज २ गतेसम्म बन्द

विराटनगर, २८ भदौ–विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रहरीमा कोरोना देखिएपछि महानगरको सेवा बन्द गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत इन्द्रमणी पोखरेललाई कोरोना पुष्टि भएपछि जोखिम बढेको भन्दै सोमवारदेखि महानगर बन्द गरिएको हो...

चौंथो मिल्स गोल्डकप सुरु : बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनमला

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास...

हरिणको सिङसहित एक जना महिला पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले लागुऔषध गाँजा र हरिणको सिङसहित एक जना महिलालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका ७ निचामारी टोल बस्ने वर्ष ५५ कि सागर देवीलाई प्रहरीले मंगलर पक्राउ गरेको हो। गैरकानूनी...

प्याब्सन राष्ट्रिय लोकनृत्यको उपाधि गण्डकी प्रदेशको सरस्वती आर्दशलाई

विराटनगर । दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि गण्डकी प्रदेशको पोखराबाट सरस्वती आदर्श विद्या सदन स्कुलले जितेको छ ।निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विराटनगरमा शुक्रबार सम्पन्न गरेको फाइनलमा प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको...

माधवसहित १४ सांसदमाथि कार्वाही, पदमुक्त गर्न संसद सचिवालय र निर्वाचन आयोगमा एमालेको पत्र (सूचीसहित)

काठमाडौं, भदौ १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले माधवसहित १४ सांसदलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्