काठमाडौं, २४ वैशाख-नेकपाभित्रको आन्तरिक विवाद मिलाएर स्थायी समिति बैठकका एजेण्डा तय गर्न बसेको नेकपा सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि भोलि वस्ने भनिएको स्थायी समिति बैठक स्थायी समिति अनिश्चित बनेको छ ।
बैठक वीचमै छाडेर अध्यक्ष तथा प्रधानमन्त्री बाहिरिएपछि भोलिको बैठक अनिश्चित बनेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि बस्ने बैठकको एजेण्डा तय गर्ने जिम्मा अध्यक्षद्धयलाई दिइएको छ ।
उनले बैठकको गृहकार्य नपुगेको भन्दै अध्यक्षद्धयको सल्लाहपछि मात्र बैठक बस्ने नवस्ने तय हुने बताए । नेकपा सचिवालय बैठकमा चर्काचर्कीपछि अध्यक्ष ओली उठेर हडिेपछि प्रवत्तःाको यस्तो टिप्पणी आएको हो ।