नेता पक्राउपछि विप्लव आक्रोसित, प्रतिकारका लागि तयार रहन निर्देशन

 न्यूज विराट
नेता पक्राउपछि विप्लव आक्रोसित, प्रतिकारका लागि तयार रहन निर्देशन

काठमाडौं, २४ वैशाख-नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ लगायत नेता–कार्यकर्तालाई सरकारकाले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहाइका लागि अपिल गरेका छन् ।

विप्लवले एक वक्तव्य जारी गर्दै कोरोना संक्रमणको महामारीका कारण पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै सरकारले आतंक र हिंसा मच्चाउन खोजिरहेको आरोप लगाएका छन् ।

महासचिव विप्लवले भनेका छन्, ‘आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’

उनले सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् ।

वक्तव्यमा पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख् अनिल शर्मा ‘विरही’ लाई उपचारका लागि अस्पताल गएको समयमा गरिएको गिरफ्तारीको विरोध गर्दै उनीसहित इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी दुर्गासहित पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार

अब सरकारी कार्यालय १०-५ नै सञ्चालन हुने

काठमाडौं, ६ साउन-सरकारी कार्यालय १०-५ सञ्चाल हुने भएका छन् । सरकारले सरकारी कार्यालयमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेकोमा सबै सेवाहरू नियमति सञ्चालन भएकाले सरकारी कार्यालय पनि एक सिफ्टमै सञ्चालन...

प्रदेश १ प्रमुख प्यासीलाई कोरोना संक्रमण

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रमबार राति संक्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए । प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार...

उपत्यकामा कोरोना भेटिएपछि टेकु अस्पतालमा परीक्षण गराउनेको भीड

काठमाडौं, ३१ वैशाख-काठमाडौ र भक्तपुरमा कोरोना संक्रमित भेटिएसँगै टेकु अस्पतालमा परीक्षण गर्नेको भीड लागेको छ ।  परीक्षणका लागि आउने अधिकांश काठमाडौ बाहिरबाट आएका मानिस छन् । साना बच्चदेखि वृद्धवृद्धासम्म परीक्षण्का लागि यतिवेला लाईनमा वसेका छन्...

प्रदेश १ मा १०६ सक्रमित थपिँदा ११९ डिस्चार्ज

विराटनगर, १० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले...

सबै कर्मचारीको पेशागत सुरक्षा गर्ने सागर थापाको उद्घोष

विराटनगर, २५ वैशाख । नेकपा एमाले विराटनगरका मेयरका उम्मेदवार सागर थापाले कर्मचारीहरूको पेशागत सुरक्षाको प्रत्याभूति गर्ने बताएका छन् । आइतवार विराटनगर महानगरपालिका कर्मचारीहरूसँगको साक्षत्कार कार्यक्रममा बोल्दै आफूले महानगरपालिकाका नेतृत्व प्राप्त गरेपछि त्यहाँ कार्यरत सबै कर्मचारीहरूको...

लकडाउनमा प्रहरीको थप कडाइ

काठमाडाैं, बैशाख ३-उपत्यका प्रहरीले लकडाउनमा कडाइ गरेको छ । सरकारले मंगलबार लकडाउन बढाएर १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेसँगै प्रहरीले पनि लकडाउनमा कडाइ गरेको हो । यसअघि ११ चैतदेखि कोरोना भाइरस (कोभिड—१९) को जोखिम रहेको भन्दै...

सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारी प्रहरीकाे नियन्त्रणमा

कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गाैशालाकाे टाेलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेन्ट लरेन्सका आन्दोलित विद्यार्थीहरू प्रहरी...

९ पटक मुद्दा खेपिसकेका राई डेढ किलो गाँजासहित पक्राउ

विराटनगर । ९ पटक मुद्दा खेपेर जेल जिवन बिताएका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्