कोरोना जितेका भन्छन्‘हामीले कोरोना परास्त गर्यौँ चिकित्सकबाट राम्रो उपचार सेवा’

 न्यूज विराट
कोरोना जितेका भन्छन्‘हामीले कोरोना परास्त गर्यौँ चिकित्सकबाट राम्रो उपचार सेवा’

विराटनगर, वैशाख २४–भारतको नयाँदिल्लीका ३० वर्षीय अनुस जैदी २० दिनको उपचारपछि अस्पतालबाट आज विहान डिस्चार्ज भए । कोरोना संक्रमण पुष्टी भएपछि गत वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केबाट विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएको २० दिन पछि डिस्चार्ज हुँदा उनी प्रफुल्ल थिए । कोभिड अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले पूर्णरुपमा ठिक भएको बताए । उनले भने,‘ २० दिनको अस्पताल बसाईबाट हामीले कोरोना परास्त गर्यौँ ।’

प्रदेश सरकार र चिकीत्सकबाट सन्तुष्ट भएको जैदीले बताए । लकडाउन खुलेपछि भारत जाने उनले बताए । ४ जना नेपाली सहित १६ जनाको टोली यात्रामा रहेका बेला कोरोना संक्रमण देखियो जैदीले भने ,‘ हाम्रो रिपोर्ट पोजेटिभ आएपछि उदयपुर प्रशासनले विराटनगर पठायो ।’ अस्पतालमा चिकित्सकबाट राम्रो सेवा पाएको उनले बताए ।

जैदीसँगै बुधबार विहान कोभिड अस्पतालबाट ६ जना भारतीय डिस्चार्ज भएका हुन । डिस्चार्ज भएका सवैलाई प्रदेश सरकारले विराटनगर रानी मरकजमा निर्माण गरेको क्वारेन्टाईनमा लगिएको छ ।

गत वैशाख ५ र ६ गते उदयपुरबाट ल्याईएका १३ जना कोरोना संक्रमित मध्ये ६ जनामा तीन पटक सम्म स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । बुधबार विहान डिस्चार्ज हुनेमा जैदी सहित २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ डिस्चार्ज भएपछि २५ जना उपचाररत रहेको अस्पतालका इन्चार्ज डा.दीपक सिग्देलले बताए । उनका अनुसार सवैको स्वास्थ्य अवस्था राम्रो छ ।

अकल्पनीय अवस्थाको सामाना गरिरहेका छौं : मन्त्री घिमिरे
कोभिड अस्पताल भर्ना भएको २० दिनपछि डिस्चार्ज भएका ६ जनालाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य लाभको कामना गरे । अस्पतालबाट डिस्चार्ज भएपछि आज विहान स्वागत गर्दै उनले विश्वले नै अहिले अकल्पनीय परिस्थितीको सामना गरिरहेको बताए ।

प्रदेश सरकारले कोरोनाको सामना गर्नका लागि छुट्दै अस्पताल सञ्चालन गरि काम गरिरहेको उनले बताए । अस्पतालमा उपचाररत अन्यपनि छिट्टै डिस्चार्ज हुने उनले बताए । डिस्चार्जको प्रकृया शुरु भएको मन्त्री घिमिरेले बताए ।

कोभिड अस्पतालमा उपचाररत विरामीलाई अहिले सम्म ७२ जना स्वास्थ्यकर्मीले सेवा दिईसकेको उनले बताए । डिस्चार्ज भएकाहरु तत्काल स्वदेश फर्कन सक्ने अवस्था नभएकाले क्वारेन्टाईनेको व्यवस्था गरि राखीएको उनले बताए ।

टिमवर्कले राम्रो काम गर्यो : मेसु मिश्रा
कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले टिम वर्कले उपचार सफल भएको बताइन् । ६ जनालाई कोभिड अस्पतालबाट डिस्चार्ज गर्दै उनले आफु भाग्यमानी भएको बताइन् । उनले भनिन् ,‘विरामीले चिकित्सकप्रति सन्तुष्ट छु भन्नु त्यो भन्दा गर्व गर्ने अरु विषय हुँदैन ।’ विरामीले उपचारप्रति सन्तुष्ट हुँदै मस्जिद सम्म लगिदिनु भनेको उनले बताइन् । विरामीको इच्छा अनुसार मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा पु¥याएको मेसु मिश्राले बताइन् । कोभिड अस्पतालबाट ६ जना डिस्चार्ज भएसँगै नेपालमा उपचारपछि निको भएर फर्कनेको संख्या २२ पुगेको छ । अब ६० जना अहिले उपचाररत रहेका छन् ।

सम्बन्धित समाचार

परीक्षणको दायरा बढाउन माग गर्दा प्रहरीको लाठीचार्ज

पोखरा, २९ जेठ-पोखरामा युवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । लकडाउनको उल्लंघन गर्दै युवाले पोखराको राष्ट्र बैंक चोक र जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडि प्रदर्शन गरेका हुन् । लकडाउनको उल्लंघन गर्दै प्रदर्शन...

अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, माघ १०–सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्चमा रिट दर्ता गर्दै २०६२ सालमा भएको एउटा हत्या अभियोगमा सापकोटामाथि न्यायिक अनुसन्धान जारी रहेकाले उनलाई सभामुखमा निर्वाचन...

सुनको मूल्य ९९ हजार पुग्यो

काठमाडौं, १५ साउन-बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज प्रतितोला ९ सय ३५ रुपैयाँ बढेको हो । बुधबार ९८ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ...

प्रदेश १ः सुनसरी ३२ गते सम्म निषेधित क्षेत्र

विराटनगर, साउन २५–सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि सोमबार राती सकिनेमा जिल्ला प्रशासन कार्यालय सुनसरीले ६ दिन थप गर्दै अब ३२ गते सम्म कायम...

नेकपाका बहुमत सचिवालय सदस्य स्थायी समिति बैठक बोलाउने तयारीमा

काठमाडौं ३ मंसिर-नेकपा अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल पक्षले आजको सचिवालय बैठकले स्थायी समितिको बैठक डाक्ने तयारी गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको असहमतिबीच बस्ने तयारी भएको बहुमत सचिवालय सदस्यको बैठकले स्थायी...

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिइने

काठमाडाैं, ८ भदौ-काठमाडाैंकाे टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १ सय ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल...

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, १५ असार-एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता...

प्रहरीलाई कारबाहीको माग राख्दै पत्रकार आन्दोलित

जनकपुर, ३० वैशाख-पत्रकारलाई कुटपिट तथा दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग राख्दै आन्दोलनरत वीरगन्जका पत्रकारले आज पनि सडकमा धर्ना दिँदै प्रदर्शन गरेका छन् । दोषी प्रहरीलाई कारबाहीको माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्