जंगलमा गाडेको अवस्थामा भेटियाे वीणाको शव

 न्यूज विराट
जंगलमा गाडेको अवस्थामा भेटियाे वीणाको शव

जनकपुर, २२ वैशाख-धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका-९, लालभिट्टीका २८ वर्षीय हरि चौहानले कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या गरेका छन् । उनले २५ वर्षीया पत्नी वीणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ ।

‘श्रीमतीले तिम्रो अवैध सम्बन्ध मेरो बहिनीसँग छ, तिमी जहिले नि ढिलोगरि घर आउँछौ’ भनेर मानसिक यातना दिँदै आएकाले आवेशमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

उनले वीणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर सलले घाँटी बेरेर हत्या गरी शवलाई जंगलमै गाडेको अवस्थामा प्रहरीले ४ दिनपछि उत्खनन् गरेर निकालेको हो ।

वैशाख १८ गते बिहीबार साँझ करिब साढे ५ बजेको समयमा वीणालाई बलो काट्न जंगल जाऊँ भन्दै त्यहाँ लगेर घाँटीमा लगाएको सलले बेरेर उसको हत्या गरी शवलाई जंगलमै गाडेको बयान चौहानले प्रहरीसमक्ष दिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा खुल्दै १ करोड २५ लाखमा ‘ओएसिस लन्च एण्ड बार’, आम्दानीको १५ प्रतिशत सामाजिक काममा खचिर्ने

विराटनगर । तीन दशकदेखि पर्यटन व्यवसायको क्षेत्रमा रहेका जितेन्द्र श्रेष्ठले विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा ल्याउने भएका छन् । विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड...

हरि बोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरिँदै

विराटनगर । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष...

राष्ट्रिय अनुसन्धान परिषद र मनमोहन प्राविधिक विश्वविद्यालयबिच सम्झौता

विराटनगर, २७ असोज–मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्वीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा अनलाईन मार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन वीच सम्झौता भएको...

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेट मधेश र कर्णाली विजयी, सूदुर र लुम्विनीविच फाइनल खेल बुधबार

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई...

प्याब्सन र न्यूरोबीच समझदारी, न्यूरोले सौलियतमा उपचार गर्ने

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच समझदारी भएको छ । सझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सौलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको...

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माद्धारा कार्य सम्पादन करार

विराटनगर, १५ माघ । प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलवीच कार्य सम्पादन सम्झौता भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार...

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं, २४ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी समिति बैठक पनि स्थगित भएको छ । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...

कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सचेत हुनुपर्नेमा जोड

विराटनगर, साउन १३–कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सतर्क हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कोभिड १९ संवन्धि छलफल कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्