भारतीय सीमामा थप कडाइ, लुकिछिपी नेपाल छिर्नेलाई कारबाही गर्ने निर्णय

 न्यूज विराट
भारतीय सीमामा थप कडाइ, लुकिछिपी नेपाल छिर्नेलाई कारबाही गर्ने निर्णय

काठमाडौं, २१ वैशाख-कारागार, विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचना सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सिमामा पठाइने भएको छ ।

आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकमा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । निर्वाचनको समयमा महत्त्वपूर्ण संरचनाको जिम्मा सेनालाई दिएर प्रहरीलाई निर्वाचनमा परिचालन गरिने विगतको नजिर अनुरुप अहिले कोरोनाले निम्त्याएको महामारी नियन्त्रण गर्न सीमामा थप कडाइ गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

बैठकले सीमाबाट लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारबाही गर्नने निष्कर्ष पनि निकालेको छ ।बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तीव्रता दिने निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्री थापाले कोरोना संक्रमणको केन्द्र चीन, युरोप अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेको भन्दै खुला सीमा रहेका कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए ।

उनले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिए । उनले सिमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरी सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन निर्देशन दिए ।

सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको बैठकमा जानकारी दिए ।

बैठकमा गृहसचिव, परराष्ट्रसचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथि प्रभुराम शर्मालगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको अधिवेशन आजदेखि, एमाले भन्छ- अदालतको निर्णयलाई साह्रै गम्भीरतापूर्वक उठाउँछौँ

सर्वोच्च अदालतको परमादेशअनुसार पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको...

सुदूरपश्चिममा जसपाले गठबन्धन तोड्यो

कैलाली । जनता समाजवादी पार्टी सुदूरपश्चिमले गठबन्धन तोडेको छ । केन्द्रीय सहमति विपरित नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपाले गठबन्धन तोडेको हो । केन्द्रबाट पाँच दलीय गठबन्धन प्रदेश स्तरमा पनि...

प्रदेश १ मा आज संक्रमण पुष्टि भएका भन्दा डिस्चार्ज हुने बढी

विराटनगर, ७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा चार सय ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ६२, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा चार, तेहथुममा तीन, धनकुटा र...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराटनगरको विकासका लागि एडीवीद्वारा तेस्रो चरणको काम सुरु

विराटनगर । विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीवी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ ।एडीवीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको छ ।...

जोगबनी नाकाबाट ८ हजार भित्रिए

विराटनगर, असार २५–नेपाल–भारतको विराटनगर–जोगबनी सिमानाका हुँदै हालसम्म ८ हजार बढी ब्यक्तिको आवागमन भएको छ । लकडाउन सुरु भएयता सो सिमा हुँदै ८ हजार ९३ जनाको आवागमन भएको छ । सो सिमानाका हुँदै हालसम्म ३ हजार...

कोरोना नियन्त्रणमा प्रदेश २ गैरजिम्मेवार भएको प्रभु शाहको आरोप

काठमाडौं, २९ चैत-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश-२ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा प्रदेश २ सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष साहले...

अफगान सरकारले थप तालिबानीलाई रिहा नगर्ने 

काठमाडौं, २३ असार -अफगानिस्तानको सरकारले देशको जेलमा रहेका र त्यहाँको सरकारले रिहा गर्न बाँकी रहेका तालिबानी लडाकूहरूलाई अब रिहा नगरिने जनाएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले केही महिनायतादेखि अफगानिस्तानको जेलमा रहेका तालिबानी लडाकूहरूलाई रिहा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्