रतुवामाईमा रसायनिक मल अभाव

 न्यूज विराट
रतुवामाईमा रसायनिक मल अभाव

विराटनगर, बैशाख २१–मोरङको रतुवामाई नगरपालिकामा रसायनिक मल अभाव भएपछी कृषकहरु यतिबेला चिन्तीत बनेका छन् । धान जोन र मकैको ब्लक क्षेत्र रहेको सो नगरपालिकामा कृषकहरु यतिबेला रासायनिक मल नपाएर हैरान भएका हुन् । चैते धान रोपाईँसँंगै सुरु भएको देशव्यापी बन्दाबन्दीका कारण मल अभाव भएपछी धेरैले रासायनिक मल नहाली धान रोपेका छन् । मकै खेतिलाई पनि मल हाल्न ढिलो भइसकेको छ ।

यदाकदा सहकारी संस्था र कृषि पसलले ल्याउने गरेको मलमा हारालुछ हुने गरेको छ । रतुवामाई–९ इटहरास्थित कृषि सहकारी संस्था लिमिटेडले ल्याएको एक गाडी यूरिया मल वितरण ग¥यो । तर, लाइनमा बसेका आधा जति कृषकले मल पाउन सकेनन् ।

संस्थाले मल बितरण गर्ने सूचना गरेपछि कृषकहरु राति १ बजेदेखि नै लाइनमा बसेका थिए । बिहान ७ बजेदेखि वितरण गर्न थालिएको यूरिया ११ बजे सम्ममा सकियो । आधा कृषकले मल पाए, आधा रित्तै फर्किए ।

मल नपाएर निरास हुदै घर फर्कँदै गरेका स्थानीय राजकुमार पाण्डेले भने ,‘यूरिया हाल्न नपाई यसपालिको धान पसाउने भयो । यतिवेला मल हालिएन भने उत्पादन घट्ने निश्चीत छ । मल अभाव भएपछी सवैलाई चिन्ताले सताएको छ ।’

सो संस्थाबाट मल लिन लाइन लागेका ३ सय जनालाई २५ किलोका दरले १ सय ५० बोरा यूरिया वितरण गरिएको सञ्चालक समिति अध्यक्ष प्रसादसिंह लिम्बुले जानकारी दिए । ‘जति थियो वितरण गरिसक्यौँ ।’ उहाँले भन्नुभयो,‘लाइनमा बसेर मल नपाउनेलाइ अर्काे पटक दिन्छौँ ।’

नगरपालिकाको सिफारिसमा संस्थाले साल्ट ट्रेडिङ विराटनगरबाट ल्याएर सबैलाई मल वितरण गरिँदै आएको संचालक समिति सदस्य दुर्गाप्रसाद गौतमले जानकारी दिए । ‘त्यहाँ नै मलको अभाव छ । संस्थालाई उपलब्ध भएजति सवै वितरण गरिन्छ ।’

सहकारी संस्थाहरु मार्फत मल लिनेको घुइचो लागेर कोरोना संक्रमणको जोखिमका बेला सामाजिक दुरीसमेत कायम हुन नसकेको स्थानीय अगुवा राजेन्द्रप्रसाद सापकोटा चिन्ता व्यक्ति गरे ।

रतुवामाई नगरपालिकाका कृषि शाखा प्रमुख नरहरी निरौलाले साल्ट ट्रेडिङ र कृषि सामाग्रीमै मल अभाव भएकाले ग्रामिण क्षेत्रमा त्यसको असर परेको बताए । उनले रतुवामाई नगरपालिकामा यो सिजनमा ४ हजार बोरा मल आवश्यक भएपनि ५० प्रतिशत मात्र उपलब्ध भएको जानकारी दिए ।

निरौलाले रतुवामाईमा विभिन्न १८ सहकारी संस्थाहरु मार्फत मल विक्रि वितरण भइरहेको बताए । दक्षिणपूर्वी मोरङका सुनवर्षी, रंगेली नगरपालिका, धनपालथान र कटहरी गाउँपालिकामा पनि मल अभाव रहेको कृषकहरुले बताएका छन् ।

सम्बन्धित समाचार

भारतको क्वारेन्टाइनमा २१ सय नेपाली, नेपालमा ७ सय भारतीय

नेपाल आउनका लागि सीमा नाकामा भारततर्फ रहेका २१ सय नेपाली क्वारेन्टाइनमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै २१ सय नेपाली भारतीय क्वारेन्टाइनमा रहेको जानकारी गराएका हुन् । त्यस्तै, ७ सय भारतीय...

संविधानको रक्षा गर्दै अगाडि बढ्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

 काठमाडौं, ३ असोज-पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि...

जापानी दूतावासमा ‘नो अब्जेक्सन’ लेटर लिनेको भीड

काठमाडौं, १९ साउन-नेपालस्थित जापानी दूतावासअगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरूको भीड लागेको छ । बिदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिक पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका...

सुदूरपश्चिम प्रदेशमा थप ९६ जनामा कोरोना पुष्टि

डडेल्धुरा, ८ असार-सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार काठमाडौंमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका संक्रमित मध्ये...

बाहिरियाे विराट-अनुष्का पुत्रीकाे तस्वीर

एजेन्सी, १० माघ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीकी छोरी भमिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । अभिनेत्री अनुष्का र विराटले छोरीको तस्वीर अहिलेसम्म सार्वजनिक गरेका थिएनन् । तर दक्षिण अफ्रिकासँग गए...

विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा पुनः देवकीनन्दन शर्मा

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा पुनः निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न विराटनगर भन्सार एजेन्ट संघको ११औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट शर्माले ३८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका...

प्रधानमन्त्रीको आक्रोश : भारतलाई सोध्नेवाला छु ‘सत्यमेव जयते कि सिंह’

काठमाडौं, ६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि अतिक्रमणको विषयमा भारतसँग आक्रोश पोखेका छन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतले आफ्नो मूल मर्मविपरीतको काम गरेको संकेत गरेका हुन् । भारतको निशान चिह्नले...

संविधान संशोधनमा अनुपस्थित हुने  ४ जनालाई नेकपाले सोध्यो स्पष्टीकरण

काठमाडौं, २ असार-शनिबार भएको संविधान संशोधनमा अनुपस्थित हुने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४ सांसदलाई संसदीय दलले स्पष्टीकरण सोध्ने भएको छ । नेपाल सरकारले ७ जेठमा भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्