लेटाङ बजारमा अनुगमन, म्याद गुज्रिएका औषधी बरामद

 न्यूज विराट
लेटाङ बजारमा अनुगमन, म्याद गुज्रिएका औषधी बरामद

विराटनगर, बैशाख २१-मोरङको लेटाङमा बजार अनुगमन गरिएको छ । घरेलु कार्यालय विराटनगरको संयोजकत्वमा वाणिज्य कार्यालय, औषधि व्यवस्था कार्यालय, लेटाङ नगरपालिका लगायतको टोलीले बजार अनुगमन गरेको हो ।

मोरङका विभिन्न ठाउँमा बजार अनुगमनलाई निरन्तरता दिएको घरेलु कार्यालय विराटनगर संयोजकत्वमा रहेको टोलीले मोरङको लेटाङमा फार्मेसी र किराना पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा लेटाङ बजारमा रहेको दीर्घायु लेटाङ फार्मेसीमा म्याद गुज्रिएको औषधि विक्रिका लागि राखिएको पाइएको छ ।

टोलीले लेटाङ बजारमै रहेको उपभोक्ता भण्डार नामको खाद्यन्न पसलको समेत अनुगमन गरेको छ । सो पसलको अवस्था भने सन्तोषजनक नै रहेको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका प्रमुख उद्योग अधिकृत गोकुल केसीले लेटाङ बजारमा रहेको दीर्घायु लेटाङ फार्मेसीमा म्याद सकिएको औषधि भेटिएपछि औषधि जफत गरि कारबाही अघि बढाइएको जानकारी दिए ।

औषधि व्यवस्था कार्यालय विराटनगरका फार्मेसी सुपरभाइजर खेमलक्ष्मी निरौलाले दीर्घायु फार्मेसीमा जनवरीमै म्याद सकिएको औषधि बिक्रीका लागि राखिएको पाइएको बताए ।

यस्तै अनुगमनको समयमा व्यवसायीसमेत उपस्थित नरहेकाले औषधि व्यवस्था ऐनअनुसार आवश्यक कारवाही अघि बढाइएको उनले जानकारी दिए ।

यता लेटाङ नगरपालिका उपमेयर कृष्णकुमारी निरौलाले अनुगमनका क्रममा औषधि पसलमा कैफियत भेटिनु दुःखद् भएको बताइन् । उनले आगामी दिनमा नगरपालिकाले पनि अझ कडाइका साथ अनुगमनलाई तिव्रता दिन आवश्यक देखिएको बताइन् ।

यता वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले बजार अनुगमनको कार्यमा स्थानीय तहहरु अझ बढी सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । खासगरि लकडाउनपछिको अवस्थामा अझ बढी म्याद गुज्रिएका सामानहरु भेटिने भन्दै उनले यसतर्फ स्थानीय सरकारले निरगारी बढाउनु पर्ने बताए ।

सम्बन्धित समाचार

कोरोना कोषमा कांग्रेस सांसदको साढे २२ लाख, ३ जनाले दिए १ महिनाको पारिश्रमिक

काठमाडौं, ३० वैशाख-कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा सङ्घीय  संसदबाट थप २८ लाख ९७ हजार रुपैयाँ जम्मा गरिएको छ ।  यस अघि संसद सचिवालयले   १ करोड १ लाख जम्मा गरेकोमा मंगलबार पुन सांसदहरुको २८...

विराटनगरबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले गाँजासहित दुई जना युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी (बिओपी) रानीले विराटनगर १६ हुलास चौकबाट गाँजासहित दुई जना युवालाई मङ्गलवार पक्राउ गरेको हो । स...

लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान, २४ घण्टाको समय

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को...

पाँचौ मिल्स गोल्डकप : बिहारलाई हराउँदै टिएफसी सेमिफाइलनमा

विराटनगर । सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा मंगलबार भएको खेलमा पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई...

प्याब्सन विराटनगरको पदस्थापन

विराटनगर । निजी तथा आवासीय अर्गनाइजेशन नेपाल विराटनगरको नवर्विाचित कार्यसमितिहरुको पदस्थापन भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । नवनिर्वाचित पदाधिकारी र कार्यसमितिहरुलाई पदस्थापन प्रमुख निर्वाचन आयुक्त डा. उद्धव पोखरेलले...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज

विराटनगर, १६ मंसिर–प्रदेश १ मा मंगलबार १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा दुई÷दुई, ताप्लेजुङ, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश १...

एनसीडिए कोशीको आइतबार निर्वाचन : काफ्ले र बराल समूहको प्रतिस्पर्धा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको आइतबार निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनामा धनबहादुर काफ्ले र नगेन्द्र प्रसाद बरालको समूह चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनीहरुले दुई समूह बनाएर...

रुकुम घटनामा ज्यान गुमाएकाका परिवारलाई सरकारले १० लाख दिने

काठमाडौं, २७ साउन-सरकारले रुकुम घटनामा ज्यान गुमाएका ६ जनाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।मन्त्रिपरिषदको बैठकले गृहमन्त्रालयको प्रस्तावमा रुकुमको चौरजाहरीमा ज्यान गुमाएकाहरुको परिवारलाई प्रतिपरिवार १० लाख दिने र घाइतेहरुको उपचार खर्च...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्