कोभिड अस्पताललाई युवा संघद्धारा वुथ हस्तान्तरण

 न्यूज विराट
कोभिड अस्पताललाई  युवा संघद्धारा वुथ हस्तान्तरण

विराटनगर, बैशाख २१–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट युवक संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङले नमूना संकलन वुथ हस्तान्तरण गरेको छ ।

कोराना भाइरसका शंकास्पद व्यक्तिको नमुना संकलन लिनका लागि सहयोग पु-याउने उद्देश्यका साथ नमूना संकलन वुथ हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य मुकेश बुढाथोकीले जानकारी दिए ।

कोभिड अस्पतालमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई वुथ हस्तान्तरण गरिएको थियो । मन्त्रीद्धयले संयुक्त रुपमा बुथ ग्रहण गरि कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्रालाई हस्तान्तरण गर्नुभएको थियो ।

युवा संघ मोरङले इन्जिनियरको प्राविधिक सहयोगमा करिव ८५ हजार रुपैयाँको लागतमा बुथ निर्माण गरेको अध्यक्ष नविन पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय युवा संघले अहिले सम्म तीन वटा वुथ निर्माण गरेको छ । यसअघि सुन्दरहरैचा नगरपालिका र बेलबारी नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले बताए ।

सम्बन्धित समाचार

खानपिन र व्यायाममा ध्यान दिए मुटुमा मात्र होइन् धेरै रोगबाट बच्न सकिन्छ

नेपालको चिकित्सा क्षेत्रमा मुटुको उपचारमा कहलिएका चिकित्सकको रूपमा चिरपरिचत रहेका छन्, डा. निकेशराज श्रेष्ठ । उनी विराटनगरस्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट हुन् । डा. श्रेष्ठले धेरै नेपाली नागरिकलाई नयाँ जिवन प्रदान गरिसकेका छन् ।...

विवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २४ वैशाख-सचिवालय बैठकमा नेताहरूको मत नमिलेपछि भोलिका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । गत शनिबार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटीको बैठक तय गरेको थियो...

मिस कोशीको फाइनलमा २६ जना भिड्दै, कसको शिरमा पर्ला ताज ?

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको फाइनलमा २६ जना प्रतिस्पर्धीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजनामा असारको अन्तिम साता हुने उक्त प्रतियोगिताको फाइनलमा २६ जना पुगेका हुन् । फाइनलमा...

सामूहिक बलात्कार प्रकरण : करातेका प्रशिक्षक राउत र सुवेदीको कसुर ठहर

विराटनगर । सामुहिक बलात्कार कसुरमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीको अपराध ठहर भएको छ । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले राउत र सुवेदीले गरेको कसुर ठहर...

झापामा कपडाको तस्करी, मोरङमा नियन्त्रण

विराटनगर । झापाबाट कपडाको तस्करी हुने गरेको पाइएको छ । मोरङ प्रहरीले उर्लाबारीदेखि ठूलो परिमाणमा तस्करीको कपडा बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।तस्करी गरेर ल्याइएको अवैध कपडासहित मारुती भ्यानलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले...

घरबाट मोबाईल चोरी गरि भागेका २ जना पक्राउ

विराटनगर, साउन –मोबाईल चोर्ने दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर १३ स्थित सैनिक टोलको एक घरबाट मोबाईल चोरी गरि भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले सप्तरी...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

प्रधानमन्त्रीले ट्वीट गर्दै भनेः भोलि बिहान ८ बजे ताली बजाउनुहोस्

काठमाडौं, ३०-चैतप्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसंघ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्