उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

 न्यूज विराट
उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सूचनाहरू सार्वजनिक भएको करिब ३ हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ ।

शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक गरेका छन् । त्यस समाचार र तस्बिर विश्वका कैयौँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

यस समाचारलाई दक्षिण कोरियाली सञ्चारमाध्यमको माध्यमबाट अझ धेरै स्थानमा तथा विश्वव्यापी रुपमा पुर्‍याइएको पाइएको समाचारमा जनाइएको छ ।  यसअघि उनी गम्भीर रूपमा बिरामी परेको समाचार कतिपयले दिएका थिए भने केहीले त उनको मृत्यु भएको समेत समाचार दिएका थिए ।

तर यो समाचार किन र कसरी आयो भन्ने बारेमा    

तर पनि उनी जीवितै रहेको दक्षिण कोरियाको सुरक्षा एजेन्सीले केही दिनअघि सार्वजनिक गरेको थियो । सोही समाचारलाई सत्य ठहराउँदै उहाँआज सार्वजनिक रूपमा देखिएका छन् ।

उनलाई केही दिनयता गम्भीर रुपमा बिरामी रहेको अथवा कतिपयले त उनको निधन भएको भन्नेजस्ता समाचार दिएका थिए ।  तर, यसै हप्ताको सुरुमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले कोरियाली सरकारको सूचनामा उनी स्वस्थ्य र जीवितै रहेको पाएको समाचार दिएको थियो ।

दक्षिण कोरियाली सो एजेन्सीले उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको बताएको थियो ।

खासगरी उत्तर कोरियाली नेता अन अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उपस्थित नभएपछि विश्वका सञ्चारमाध्यमहरुले उनको त्यस अनुपस्थितिबाट प्रश्न उठाएका थिए ।

त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिन थियो । त्यस अवसरमा उत्तर कोरियामा विशेष राष्ट्रिय कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।

किम इल सुङ उत्तर कोरियाका संस्थापक हुन् । त्यस कार्यक्रममा उत्तर कोरियाली नेताको विशेष उपस्थिति हुने गर्दछ ।  तर, त्यस दिन उनी किन त्यहाँ उपस्थित भएनन् भन्ने प्रश्नबाट नै उनको स्वास्थ्यसम्बन्धी चासो बाहिर आएको मानिन्छ । यसै घटनालाई लिएर केहीले उनी गम्भीर विरामी रहेको त केहीले उनको निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए ।

दक्षिण कोरियाकै केही पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।

पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको भनेर पनि समाचार दियो ।   उनको बारेमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । सन् २०१४ मा पनि उनको गम्भीर प्रकृतिको शल्यक्रिया गरिएको र स्वास्थ्य गम्भीर रहेको समाचार दिइएको थियो । लामो समयपछि उनी सार्वजनिक भएनन् ।

यतिखेर उनी सार्वजनिक भइसकेपछि पनि अब उनको उत्तराधिकारी को होला भन्ने विषयमा विभिन्न सञ्चारमाध्यमहरूले समाचार खोजी गर्न थालेका छन् ।

साथै यतिखेरका विश्वका विभिन्न देशका सञ्चारमाध्यमहरूले उत्तर कोरियाको आणविक कार्यक्रम र आणविक वार्ता कहाँ पुग्यो भनेर पनि समाचार दिएका छन् ।    – रासस

सम्बन्धित समाचार

तिहार नजिकिँदै गर्दा भारतबाट अवैध रुपमा भित्रियो पटका

विराटनगर । दशैं सकिएर तिहार नजिकिन लाग्दै गर्दा भारतबाट ल्याउँदै गरेको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ ।रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका...

कोरोनाबाट काठमाडौंका २ सहित ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

काठमाडौं, २७ असार-शनिबार एकै दिन ३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले काठमाडौंका २ जना र सिन्धुपाल्चोकका १ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि...

गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने

काठमाडौं, १२ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा विकसित गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने जनाएको छ । तर यसका कारण नेपालमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको...

अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु, न्युयोर्कमा १ सयभन्दा कम मृत्यु

एजेन्सी, जेठ ११-अमेरिका कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा १ हजार १२७ जनाको मृत्यु भएको छ । यसका साथै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या हालसम्म ९८ हजार ६८३ पुगेको छ । सेन्टर फर...

एमाले महाधिवेशन प्रतिनिधि छनोटमा वडाध्यक्षसँग पराजीत भए प्रदेश सांसद

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन । झापा निर्वाचन क्षेत्र नम्बर–४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश ‘ख’ बाट सांसदसमेत रहनुभएका पूर्वमन्त्री...

अर्का १ जनामा भेटियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या ६ पुग्यो

काठमाडौं, २० चैत-नेपालमा थप १ जनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको छ । योसँगै नेपालमा ६ जनामा कोरोना भाइरस संक्रमण भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी अपडेट दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका...

संविधान संशोधन प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ९ जेठ-सरकारले नेपालको नयाँ नक्सा कार्यान्वन गराउनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गरेर नयाँ नक्सालाई कार्यान्वनमा ल्याएर सम्पूर्ण सरकारी कार्यालयमा औपचारिकता दिने...

त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं, ३० साउन-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार ८ जना स्वास्थ्यकर्मीको कोरोना देखिएको हो । ‘८ जनालाई पोजिटिभ देखिएको छ,’ अस्पतालका कोभिड टिमका संयोजक डा. सन्तकुमार दासले भने,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्