९ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

 न्यूज विराट
९ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

संखुवासभा १९ वैशाख-प्रदेश-१ को सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसविरुद्ध लड्न जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय ५ लाखभन्दा बढीको विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको सामाजिक विकास मन्त्रालयलका सभापति सरीता थापा खड्काले जानकारी दिइन् ।

प्रदेशको सामाजिक मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयलाई ३ सय ६० थान किट, इन्फ्रारेड थर्मोगन ३ थान, पिपिई सेट ५० थान, एन ९५ मास्क ५० थान, क्लोरिन, ग्लोसलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको सभापति खड्काले बताइन् । प्रदेश सरकारले उपलब्ध गराएको ३ सय ६० थान किटको मूल्य ५ लाख बरावरको रहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताए ।

हेल्पिङ हेण्डस् सामुदायिक अस्पताल काठमाडौंका सञ्चालक डाक्टर गुप्त बहादुर श्रेष्ठले ४ लाखभन्दा बढीको स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । डाक्टर श्रेष्ठले जिल्ला समन्वय समिति मार्फत अत्यावश्यक अक्सिजन कन्र्सन्टेटर सहितको सामग्रीहरु उपलब्ध गराएका छन् ।

स्वास्थ्य समाग्रीहरु शुक्रबार एक कार्यक्रमका विच जिल्ला समन्वय समितिले सम्बन्धीत स्वास्थ्य कार्यालयहरुलाई हस्तान्तरण गरेको हो । डाक्टर श्रेष्ठले ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र, नुम प्राथमिक स्वास्थ्य केन्द्र, वाना प्राथमिक स्वास्थ्य केन्द्र र चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक अक्सिजन कन्र्सन्टेटर, निबुलाईजर, पल्स ओक्सीमिटर, आस्थालिन सोलुसन, पिपिई सेट, एन ९० मास्क लगायतका ९ प्रकारका सामग्री सहयोग गरेका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा ३ जनाको मृत्यु, ७७ जना नयाँ संक्रमित थपिए

विराटनगर, २७ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक...

लकडाउन उल्लंघन गर्ने ७३६ मानिस र २३ सय सवारी साधन कारबाहीमा

विराटनगर, ८ बैशाख-लकडाउनको हालसम्मको अवधिमा मोरङमा ७ सय ३६ मानिस र २ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गर्दै अटेर गरी सडकमा निस्कने व्यक्ति र सवारीसाधन कारबाहीमा परेका हुन् । कोराना महामारीबाट...

कोरोना भाइरसका कारण रोजगारी गुमेकालाई राहत कार्यक्रम

काठमाडौं, २ वैशाख-सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएका श्रमिकलाई विभिन्न किसिमका राहत दिने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश, स्थानिय र केन्द्र सरकारले राहतको...

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घट्ने

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएसँगै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य पनि घट्ने भएको छ । पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । अब एक लिटर तेल १ सय ७९ रुपैयाँमा पाइने छ...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मर्निङ्ग भेट्रान्स क्लब हाटखोला क्वाटरफाइनलमा

विराटनगर । मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरले...

सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

विराटनगर, ९ मंसिर–सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने दावी गरेका छन् । विराटनगरमा मंगलबार साँझ सञ्चारकर्मीहरुसँग कुुरागर्दै उनले नेपाली जनताले पाँचवर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो...

देशभर मनसुन विस्तार, आज यी क्षेत्रमा छ भारी वर्षाकाे सम्भावना

देशभर आजकाे माैसम सामान्यदेखि पूर्ण बदली रहनेछ ।  देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । गण्डकी, कर्णाली...

आगोले जलेकी चन्द्रकलालाई सहयोग जुट्दै

[caption id="attachment_47302" align="aligncenter" width="714"] घरमा उपचार गराईरहेकी चन्द्रकला ।[/caption] शनिश्चरे । आगोले जलेर सिकिस्त भै उपचारार्थ मोरङ पथरी शनिश्चरे – ९ कि चन्द्रकला पौडेल तिवारीको प्राण रक्षागर्न सहयोग जुटाई जापानिज एन ७२६०० को नेपाली रुपैया...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्