नेपालमा कोरोना परीक्षण ६० हजार नाघ्यो, रेड जोनमा ३ सय १५ जना

 न्यूज विराट
नेपालमा कोरोना परीक्षण ६० हजार नाघ्यो, रेड जोनमा ३ सय १५ जना

काठमाडौं, १९ वैशाख-सरकारले हालसम्म ६० हजार ३७४ जनामा कोभिड–१९ को परीक्षण गरेको छ । आजसम्म १२ हजार ५७७ को (पिसिआर) विधिबाट र ४७ हजार सात सय ९७ जनाको (आरडिटी) विधिबाट परीक्षण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म २४ हजार ९०७ क्वारेन्टाइनमा रहेका र ९४ जना आइसोलेसनमा रहेका जानकारी दिए । आइसोलेसनमा रहेकामध्ये काठमाडौं उपत्यकामा ५ जना रहेका छन् भने अन्य बाहिरका रहेका जानकारी गराइएको छ ।

गत २४ घण्टामा थप एक हजार ४४७ वटा परीक्षण गरिएको छ । आज कोरोना सङ्क्रमित पुष्टि भएका २ सँगै हालसम्म नेपालमा ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी उपचाररत छन् । आज सङ्क्रमण भएका दुवै जना पुरुषलाई उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ वर्षीर्य र बाँकेको नेपालगञ्जका ६० वर्षीयमा सङ्क्रमण देखिएको हो । हालसम्म सङ्क्रमितमध्ये ४९ पुरुष छन् भने १० महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ ।

सम्बन्धित समाचार

आयोग खारेजीको विरुद्धमा अखिल नेपाल किसान महासंघ सुनसरीद्वारा आन्दोलनको चेतावनी

विराटनगर, २१ साउन । भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा एमाले सम्वद्ध अखिल नेपाल किसान महासंघले सुनसरीमा आन्दोलनको चेतावनी दिएको छ । आयोग खारेजीको निर्णय फिर्ता हुनु पर्ने माग गरेको महासंघले त्यसो नगरिए आन्दोलन चर्काउन...

बुढानिलकण्ठ स्कूलले मनायो ४१ औं अभिभावक दिवस

विराटनगर । विराटगर–२ मा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ।स्कुलले आज स्कूल प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजना गरी ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक...

विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको स्वरुम, गौरव अटोसेन्टर सुरू गर्यो विक्री

विराटनगर । विराटनगर ४ बरगाछीमा गौरव अटोसेन्टरले भेस्पा र अप्रिलिया स्कुटरको विक्री वितरण सुरु भएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रमको बीच भेस्पा र अप्रिलियाको आधिकारिक बिक्रेता गौरव अटोसेन्टरले विक्री वितरण सुरु गरेको हो ।भेस्पा...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

एजेन्सी, असार ९-भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय १२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको हो । त्यस्तै, त्यहाँ अहिलेसम्म...

क्वारेन्टाईनका लागि होस्टल एसोसिएसनले हजार बेड उपलब्ध गराउने

काठमाडौं, १ वैशाख-नेपालका होस्टल व्यवसायीहरूले सरकारलाई क्वारेन्टाईन स्थल निर्माणमा सहयोग गर्ने भएका छन् । नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकद्वारा सोमबार जारी गरिएको शुभकामना मन्तव्य तथा सार्वजनिक आव्हानसहितको वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । 'हामीले...

गठबन्धन र प्रधानमन्त्रीका कारण न्यायलयमा समस्या:शंकर पोखरेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले न्यायलय भित्र अहिले देखिएको समस्या गठबन्धन दल र प्रधानमन्त्रीको गलत निर्णयका कारण भएको बताएका छन् । उनले यो विवादमा न्यायाधीशहरुको यपृष्ठभूमि, उनीहरु बीचको गुटवन्दी, अदालतभित्रको न्यायिक विकृति, पछिल्लो...

नेपालमा एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

काठमाडौं, १३ जेठ-स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले आज एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

९ विमानस्थलमा सुरु गर्‍यो नेपाल एयरलाइन्सले उडान

काठमाडौं, ७ असोज-राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले नौवटा आन्तरिक उडानमा उडान सेवा सुरु गरेको छ । निगमले सार्वजनिक गरेको तालिकाअनुसार भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रूकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्ममा उडान सुरु गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्