मजदुरको सामाजिक सुरक्षामा पहल गर्न संघीय संसद् तयारः सभामुख सापकोटा

 न्यूज विराट
मजदुरको सामाजिक सुरक्षामा पहल गर्न संघीय संसद् तयारः सभामुख सापकोटा

काठमाडौं, १९ वैशाख-सभामुख अग्निप्रसाद सापकोटाले अग्रगमन तथा सामाजिक न्यायका लागि श्रमिकहरुबाट भएको योगदान र बलिदानको स्मरण गर्दै सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा शुुभकामना व्यक्त गरेका छन् ।

उनले हाल कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका, असङ्गठित र सङ्गठित क्षेत्रका मजदुरले रोजगारी गुमाउनुपर्नेसम्मको अवस्था सिर्जना भएकाले राज्यलाई तत्कालीन र दीर्घकालीन योजनासहित राहत र सहयोगका कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

१३१औँ अन्तर्राष्ट्रिय श्रमिकका दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै सभामुख सापकोटाले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका मात्रै नभएर श्रमका लागि विश्व बजारमा पुुगेका लाखौँ नेपाली मजदुरका विषयमा पनि गम्भीर हुनुपर्ने अवस्था आएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘जारी बन्दाबन्दीका कारण उद्योग धन्दा, कलकारखाना तथा निर्माण परियोजना बन्द हुँदा श्रम तथा उत्पादनका काम रोकिने अवस्था छ । आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीसहित सतर्कतापूर्वक श्रममा जाने वातावरण छिट्टै बनाउनुपर्ने राज्यको दायित्व छ ।’

सम्बन्धित समाचार

निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छः प्रधानमन्त्री

काठमाडौं, ७ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले  सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी रहेको बताएका छन् । दसैंका अवसरमा शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन...

जसपाको ठाकुर-महतो पक्षले गर्यो निर्वाचन घोषणाको स्वागत, प्रधानमन्त्रीसँग अरु बिकल्प नरहेको ठहर

काठमाडौं, जेठ ८ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई स्वागत गरेको छ। जसपाको ठाकुर महतोनिकट नेता सर्वेन्द्र नाथ शुक्लाले आफ्नो पार्टी...

शुक्रबार थपिए १०१ जना संक्रमित, २८५ जनाले जिते कोरोना

काठमाडौं, २ असार-शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

लिदी पहिरो : मृत्यु हुनेको संख्या १६ पुग्यो, २३ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, ३१ साउन-बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गरेका छन् । मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर...

जोखिम क्षेत्रमा विद्यालय नखोल्न शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौं, ३० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम रहेका क्षेत्रमा तत्काल विद्यालय नखोल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको छ । बुधबार शिक्षा मन्त्रालयका पदाधिकारीसँग भएको छलफलमा स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम कायमै रहेकाले...

प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रियाका लागि मोदीको शुभकामना

काठमाडौं, फागुन १९–प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रियाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गरेका छन् । मोदीले सोमबार बिहान ट्विट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।...

अधिकारी आयल स्टोरद्धारा पेट्रोल र डिजलको कालोबजारी

सप्तरी, बैशाख २०–सप्तरीको रुपनी गाउँपालिकाको एक पेट्रोप पम्पमा प्रहरीकै मिलेमतोमा कालोबजारी हुने गरेको पाइएको छ । रुपनी गाउँपालिका–२ स्थित अधिकारी आयल स्टोरले प्रहरीकै मिलेमतोमा डिजेल र पेट्राल दर रेट भन्दा अत्याधिक मुल्य लिएर बिक्रि गर्ने...

दक्षिण कोरियामा नेपालीलाई पनि सरकारी राहत

दक्षिण कोरिया, ११ वैशाख-कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको १ प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्नेछन् । दक्षिण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्