सवारी दुर्घटनामा प्रहरी जवानसहित २ जनाको मृत्यु

 न्यूज विराट
सवारी दुर्घटनामा प्रहरी जवानसहित २ जनाको मृत्यु

परासी, १९ वैशाख-नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीवार राती भएका २ छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री सडकखण्डको केराबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १२ च २००९ नम्बरको कार बिहीवार साँझ अचानक अनियन्त्रित भएर सडक छेउको बिजुलीको खम्बामा ठक्कर खाँदा करेन्ट लागेर कार चालक बर्दघाट–४ का ५२ वर्षीय हरि भुर्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा कारमा सवार सोही स्थानका ३९ वर्षीय गोकर्ण शर्मा र ४२ वर्षीय रामप्रसाद पाण्डे घाइते भएका छन्। शर्माको टाउको र पाण्डेको ढाडमा चोट लागेको र उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ। त्यस्तै, बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुममा गएराती सवारी दुर्घटना हुँदा १ प्रहरी जवानको ज्यान गएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा काँग्रेस र एमाले मिलेर सरकार चलाउनु : राप्रपा अध्यक्ष लिङ्देन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस र एमाले मिलेरै सरकार चलाउन सुझाब दिएका छन् । विराटनगर विमानस्थलमा आज कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित एउटै प्लेनमा विराटनगर झरेका...

माधव नेपाल समीकरण भन्दा बाहिर नजाने प्रचण्डको दावी

विराटनगर । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । बिहीबार बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर...

आरडीटीबाट ८ सय २६ जनाको परिक्षण

विराटनगर, बैशाख ४-प्रदेश १ मा विहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट...

भोलिदेखि ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर खोप दिइने

काठमाडौं, १ माघ । सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६...

कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

काठमाडौं, ७ असार-अभिनेत्री निरिशा बस्नेत कोरोनामुक्त भएकी छन् । २ सातादेखि भारतको एउटा अस्पतालमा उपचारत उनले कोरोनालाई जितेकी हुन् । अहिले उनी कोरोनामुक्त भएर घर फर्किसकेकी छन् । मुम्बईमा रहेकी निरिशाले स्वस्थ्यमा समस्या आएपछि कोरोना...

५ उद्देश्यलाई केन्द्रित गरेर मौद्रिक नीति ल्याऊ : काङ्ग्रेस

काठमाडौं, १ साउन-प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले ५ उद्देश्यलाई केन्द्रित गरेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । पूर्वअर्थमन्त्री डा. रामशरण महत संयोजक रहेको अर्थतन्त्र केन्द्रित विशेष समितिले आर्थिक पुनरुत्थानलगायतका उद्देश्य पूर्ति...

अरनीको स्कुलमा भएको स्पोर्ट्स मिट सकियो

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको ४ दिने ‘अरनिको स्पोट्र्स मिट २०७९’ सकिएको छ । चार दिनसम्म ट्रयाक इभेन्टस , फिल्ड इभेन्टस,ग्रुप इभेन्टस्लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट आक्ष्तबारबार सम्पन्न भएको...

ट्रयाक्टर दुर्घटनामा २१ जना घाइते

विराटनगर, माघ १६–सुनसरीको बराहक्षेत्रमा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा त्यसका सवार २१ जना घाइते भएका छन् । सुनसरीको बराहक्षेत्रस्थित रानीखोला पुलनजिकै को.२ त ८४८६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्