काठमाडौं, १७ वैशाख-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई लकडाउनका कारण कष्टकर जीवन बिताइरहेका श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न आग्रह गरेका छन् ।
उनले कोरोना महामारी नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनले श्रमिकको दैनिकी प्रभावित भएकाल उनीहरुलाई अविलम्ब राहतको व्यवस्था गर्न आग्रह गरको हुन् ।
‘अहिले पूरै विश्व कोरोना भाइरसको महामारीबाट विश्वब्यापी रुपमै प्रताडित भएको छ । नेपाल पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण लकडाउनको अवस्थामा रहेकोले सम्पूर्ण नागरिकको जीवन सहज हुन सकेको छैन ।’
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ । श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।’