पत्रकारलाई सडकमा राखेर बालुवाटारभित्र नेकपा बैठक

 न्यूज विराट
पत्रकारलाई सडकमा राखेर बालुवाटारभित्र नेकपा बैठक

काठमाडौं, १७ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारलाई प्रवेश रोक लगाइएको छ । नेकपाको सचिवालय बैठकमा सूचना संकलन गर्न गएका पत्रकार प्रधानमन्त्री निवासको गेटबाटै रोक लगाइएको हो ।

सबै पत्रकार सडकमा नै रहेका छन् । भित्र भने नेकपा सचिवालयको बैठक जारी छ । यसपटकको नेकपमाको सचिवालय बैठकलाई निकै महत्व दिइएको छ । खासगरी सचिवायलय बैठक डाक्न नै तर्किएका प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकु्मार नेपाल र झलनाथ खनालले दबाब दिएका थिए ।

यसबीचमा प्रधानमन्त्री ओलीले बालुवाटारमा हस्ताक्षर अभियानसमेत चलाएका छन् । हस्ताक्षर गर्नभित्र गएका सासंद बालुवाटारभित्रै थुनिएका छन् ।

प्रधानमन्त्री ओलीले वैशाख ८ गते पार्टी विभाजन सहज हुने गरी राजनीतिक दलसम्बन्धी र प्रतिपक्षलाई बाइपास हुने गरी संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश ल्याएपछि उब्जिएको परिस्थितिलाई समाधानका लागि बैठक डाकिएको हो ।

सम्बन्धित समाचार

गठबन्धनविना माओवादी चुनाव लड्दैन:गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेकपा माओवादी केन्द्र एक्लै चुनाव नलड्ने दाबी गरेका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज कुरा राख्दै उनले यस्तो बताएका हुन् । ‘गठबन्धनविना माओवादी...

सीके राउतको पार्टीका कार्यकर्ताले कार्यालय प्रमुखलाई कालोमोसो दले अनि जनकपुर परिक्रमा गराए

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपनी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहालाई कालोमोसो दलेर जनकपुरधाम परिक्रमा गराएका छन् ।

गर्नुपर्ने काम अझै बाँकी नै रहेकाले पुनः नियुक्तः अर्थमन्त्री

काठमाडौं, फागुन २१–अर्थमन्त्री डा. युवराज खतिवडाले शपथ लिएका छन् । राष्ट्रियसभामा पदावधि सकिएसँगै मंगलबार अर्थमन्त्रीबाट राजीनामा दिएका डा.. खतिवडाले बुधबार अर्थमन्त्रीमा पुनः शपथ लिएका हुन् । शपथ लिएसँगै डा. खतिवडाले बुधबार नै पदभार ग्रहण गरेका...

लखिमपुर हिंसा : पूर्व मुख्यमन्त्री अखिलेश यादव पनि पक्राउ

लखिमपुर हिंसा प्रकरणपछि लखनऊस्थित आफ्नै निवासमा धर्नामा बसेका उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवलाई पनि प्रहरीले हिरासतमा लिएको छ । यसअघि भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई लखिमपुर जाने क्रममा प्रहरीले बाटोबाटै पक्राउ गरेको थियो ।...

झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

झापा, १३ जेठ-दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी...

एम्स हस्पिटलमा सफल उपचार, १० वर्षीय बालकले पाए पुनः जन्म

विराटनगर । निमोनियाले ग्रसित भएका एक जना बालकको विराटनगरस्थित एम्स हस्पिटलमा सफल उपचार भएको छ । वरिष्ठ बाल रोग विशेषज्ञ चिकित्सक डा। राजेश यादवले सप्तरी घर भएका १० वर्षीय बालक सौरव यादव निमोनिया भएपछि सिकिस्त...

कोशी अस्पतालबाट एक जना कैदी फरार

विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदी उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका छन् । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान...

शंंकास्पद ५ सय ६९ को कोरोना परीक्षण, अहिलेसम्मका सबै नेगेटिभ

सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महत्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्