प्रविधिविनाको ज्ञान उपयोग हुन सक्दैन : मन्त्री घिमिरे

 न्यूज विराट
प्रविधिविनाको ज्ञान उपयोग हुन सक्दैन : मन्त्री घिमिरे

विराटनगर, बैशाख १७–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । प्रविधि विनाको ज्ञान उपयोग हुन नसक्ने भएकाले यसको प्रयोगमा उनले जोड दिएका हुन् ।

सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित भर्चुअल अनलाईन तालिममा बोल्दै मन्त्री घिमिरेले प्रविधिका माध्यमबाट जिविकाको साधन खोजी गरिनुपर्ने बताए । जनशक्तिको उत्पादनविना प्रविधिको गीत गाउन नसकीने उनको भनाई छ ।

उनले भने ,‘जनशक्ति उत्पादनको केन्द्र शिक्षालय हो ।’ शिक्षकहरु दक्ष भएमात्र जनशक्ति उत्पादन गर्न सकिने भएकाले शिक्षकमा इ—लर्निङको ज्ञान हुनुपर्ने मन्त्री घिमिरेले बताए । शिक्षकलाई दक्ष बनाउनुपर्छ भन्ने सोचका आधारमा मन्त्रालयले पहिलो क्रियाकलाप शिक्षक केन्द्रित गरेको उनले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन गर्नुअघि देखि नै इ—लर्निङ काम सुरु गरिसकेको मन्त्री घिमिरेले जानकारी दिए ।

मन्त्री घिमिरेले प्रदेश १ लाई १० वर्षभित्रमा झोला र किताव विस्थापीत गर्ने घोषणा अनुसार मन्त्रालयले काम गरिरहेको बताए । प्रदेश १ का १ सय विद्यालयका १ सय फोकल शिक्षकलाई केन्द्रित गरेर इ—लर्निङ काम शुरु गरेपछि यसको माग बढ्दै गएको मन्त्री घिमिरेले दावी गरे । उनले भने ,‘ भविष्यको गन्तव्य प्रविधिबाट तय हुन्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं ।’

सम्बन्धित समाचार

हत्या गरिएको अवस्थामा उखुबारीमा युवतीको शव फेला

विराटनगर, माघ २४–सुनसरीको दुहवीकी एक महिलाको हत्या गरी विराटनगर महानगरपालिका–१२ बखरीको मलहनवास्थित उखुघारीमा फालेको अवस्थामा शव फेला परेको छ । सुनसरीको दुहवी नगरपालिका–६ कालि मन्दिरनजिकै बस्दै आएकी ३२ वर्षीया सम्झना खत्री परियारको शव हत्या गरी...

देशभर एकै दिन थपिए २ हजार २० संक्रमित

काठमाडौं, २ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...

विराटनगरमा ३८ सहित प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण

विराटनगर, १३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ...

चौथो पटक श्रीलंकाको प्रधानमन्त्री बने महिन्दा राजापाक्ष 

एजेन्सी, साउन २५ -श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको शपथ लिएका छन् । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।...

निषेधाज्ञापछि सुनसान पर्सा

जनकपुर, ३१ वैशाख-एकै दिन ३९ जनामा कोरोना संक्रमण देखिएपछि पर्सामा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार राती ८ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको...

आफूनिकट नेतासँग छलफलपछि शीतल निवासमा प्रधानमन्त्री

काठमाडौं, २९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति  विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल...

चीनले भन्याे, ‘कालापानी नेपाल र भारतबीचको मुद्दा हो’

काठमाडौं, ७ जेठ-चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रष्ट्याएको छ । चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा राखेका हुन् । प्रवक्ता लिजानले भारत र...

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा

विराटनगर, २७ जेठ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्