प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मनमोहनको १ लाख २० हजार योगदान

 न्यूज विराट
प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मनमोहनको १ लाख २० हजार योगदान

विराटनगर, १६ वैशाख-प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युटले १ लाख २० हजार रुपैयाँ योगदान गरेको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित पोलिटेक्निक इन्स्टीच्युटले शिक्षक तथा कर्मचारीहरूबाट प्राप्त रकम प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

उक्त रकम बराबरको चेक मंगलबार पोलिटेक्निकका प्राचार्य डा. शुभाषश्री पोखरेल र मनमोहन स्मृति प्रतिष्ठानका सदस्य सत्यनारायण चौधरीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरे ।

पोलिटेक्निकले मोरङकै बूढीगंगा गाउँपालिका र सुनसरीको दुहवी नगरपालिकालाई राहत सामाग्रीसमेत हस्तान्तरण गरेको छ । पोलिटेक्निकले दुवै स्थानीय तहलाई २५ केजीको ५०/५० बोरा चामल हस्तान्तरण गरेको हो ।

पोलिटेक्निकमा ३ महिने सिलाई/कटाई तालिम लिएका प्रशिक्षार्थीहरूले बनाएको १ हजार थान मास्कसमेत वितरण गर्न लागिएको प्राचार्य डा. पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा थप पाँच संक्रमितको मृत्यु 

विराटनगर, २५ असोज-प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति तीन र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको हो ।  बीपी...

प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री निसाधको निधनमा दुःख व्यक्त

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनमा दुःख व्यक्त गरेका छन् । सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका...

प्रचण्डको भ्याकेट निवेदन खारेज, एमाले प्रवेश गरेका जनप्रतिनिधिको जोगियो पद

काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिको पद जोगिएको छ । एमाले प्रवेश गरेका जनप्रतिनिधिलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न माग गर्दै माओवादी केन्द्रका...

आज धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३ असार-आज देशभर धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का १/२ स्थानमा भारी...

प्रदेश १ मा आज संक्रमित भन्दा निको हुने बढी, ६ जनाको मृत्यु

विराटनगर, १३ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

लैंगीक समानता तथा समावेशीकरण नीति बनाउने तालिम सम्पन्न, ९ स्थानीय तहको २५ जनाको सहभागि

विराटनगर । स्थानीय तहले लैंगीक समानता तथा सामाजिक समावेशीकरण नीति (जेसी पोलेसी) बनाउने एक दिने तालिम सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार मोरङको सुन्दरहैचना नगरपालिकामा उक्त तालिम सम्पन्न भएको हो । उनीहरुले...

बाढीको पूर्वसूचना अब मोबाइलमा

सुर्खेत, ७ जेठ-सुर्खेतमा अब बाढी पहिरोको पूर्व सूचना मोबाइलमा एसएमएसबाट नै आउने भएको छ । जल तथा मौसम विज्ञान विभागमार्फत् वीरेन्द्रनगर नगरपालिका र अन्य सरोकारवाला संस्थाहरूको समन्वयमा बाढीको पूर्व सूचना मोबाइल एसएमएस प्रणालीको स्थापना गरिएको...

थारु कल्याणकारिणीमा विवाद, ‘विश्वास नेतृत्वको समूहले गरेको काम मान्य हुदैन’ : अध्यक्ष थारु

विराटनगर । थारु कल्याणकारिणी सभाको केन्द्रीय कमिटिको नीति निर्देशन बेगार एकपक्षीय तरिकाले गरेको निर्वाचनमाबाट निर्वाचित भएको कार्यसमितिले मान्यता नपाउने बताएका छन् । केन्द्रीय कार्यालयको पत्रको अवज्ञा गर्दै निलम्बित निर्वाचन अधिकृतले गरेको निर्वाचनबाट निर्वाचित भएका प्रदिप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्