डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी पनि लिएन नेपाल प्रहरीले

 न्यूज विराट
डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी पनि लिएन नेपाल प्रहरीले

काठमाडौं, १५ वैशाख-नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईविरुद्धको साइबर अपराधसम्बन्धी जाहेरी दर्ता गर्न अस्वीकार गरिदिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संस्थाका युवा विद्यार्थी नेताहरूलाई डा. भट्टराईलगायत नेताविरुद्ध जाहेरी दर्ता गर्न गए पनि प्रहरीले जाहेरी दर्ता नगरी फर्काइदिएको छ ।

विद्यार्थी नेताहरूले डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाले विद्युतीय माध्यमबाट आफ्ना नेताहरूको चरित्र हत्या गरेको भन्दै युवासंघ र अनेरास्ववियूका नेताहरू साइबर अपराधमा कारबाही गरिपाऊँ भनी जाहेरी दिन महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए ।

प्रहरीले सो विषयमा गाली बेइज्जतीसम्बन्धी ऐन आकर्षित हुने भन्दै त्यत्तिकै टारेर उनीहरूलाई सरकारी वकिलमार्फत अदालतमा जान सल्लाह दिएको बताइएको छ ।

युवा संघका केन्द्रीय सदस्य सञ्जीवकुमार झा र अनेरास्ववियुका नारायण घर्ती साइबर अपराधमा जाहेरी दिन टेकुमा पुगेका थिए । जाहेरी दिन जाने टोलीमा उनीहरूसँगै अनेरास्ववियूका संयोजक ऐन महर, युवासंघका सहसंयोजक रमेश पौडेल, किरण पौडेललगायतका नेताहरूसमेत थिए ।

सम्बन्धित समाचार

मिस एण्ड मिस्टर रौनियार प्रतियोगिता हुने, प्रदेश १ को अडिसन विराटनगरमा

विराटनगर, २० माघ । मुलुकभरीका छरिएर रहेका तराईबासी समुदाय रौनियार युवायुवतीका मनोबल वढाउन मिस एण्ड मिस्टर रौनियार–२०७७ हुने भएको भएको छ। एमी इन्टरटेन्टमेन्ट प्रालि काठमाडौद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को अडिसन...

खाना पकाउन ग्यासको तुलनामा विद्युतीय उर्जा ५० प्रतिशत सस्तो

विराटनगर, २६ भदौ । विद्युतको निरन्तरा एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलव्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनिकरण गर्न सकिने सुझाव सहभागीहरुले दिएका छन् । राष्ट्रिय योजना आयोग काठमाडौ र क्लिन कुकिङ्ग एलाइन्सद्वारा संयुक्त्त रुपमा आज यहाँ आयोजित...

नेपालमा कोभिड-१९ निको हुने दर बढ्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्यांकअनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ...

बास्केटबल प्रतियोगिता, बुढानिलकण्ठ र पोखरीया स्कुल विजयी

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगितामा दुई वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरमा मंगलबार भएको खेलमा पुरुषतर्फ पोखरीया स्कुललाई १३ –११ अङकले पराजित गर्दै बुढानिलकण्ठ स्कुल...

भारतले ‘नक्कली अयोध्या’ बनाइ सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो : प्रधानमन्त्री

काठमाडौं, २९ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका हुन् । भगवान् रामको राज्य...

विराटनगरमा युवा संघ र अनेरास्ववियु कार्यकर्ताद्धारा सरकारविरुद्ध प्रदर्शन

विराटनगर, २२ माघ । नेकपा (एमाले) का कार्यकर्ताले शनिबार विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीको आयोजनामा कार्यकर्ताले राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । विराटनगरस्थित संसारी माईस्थानदेखि बी...

नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न अडानको माग

काठमाडौं, माघ २६–नेपाल अडिटर्स एसोसीएसन (अडान)ले नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न सरकारसँग माग गरेको छ । यही २४ र २५ माघमा काठमाडौंमा बसेको अडान केन्द्रीय समिति बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को व्यापक...

नयाँ पार्टी दर्ता गर्न राजपा र समाजवादीका नेता निर्वाचन आयोगमा

काठमाडौं, ११ वैशाख-राष्ट्रिय जना पार्टी राजपा र समाजवादी पार्टीका नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्