चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार, महासंघको ध्यानाकर्षण

 न्यूज विराट
चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार, महासंघको ध्यानाकर्षण

काठमाडौं, १५ वैशाख-नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा चितवनमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार संकलनका लागि आज बिहान चितवनको भरतपुरस्थित चौबीसकोठीमा पुगेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको महासंघले जनाएको छ ।

पत्रकारद्वयले परिचयपत्र देखाउँदादेखाउँदै प्रहरीले दुर्व्यवहार गर्दै प्रहरीकै गाडीमा राखी भरतपुरको कभर्डहलमा रहेको क्वारेन्टाइनमा लगेर खिचिएको फोटो र भिडियो मेटाउनुका साथै पत्रकारका सवारीसाधन र सञ्चार साधनसमेत नियन्त्रणमा लिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघका महासचिव रमेश विष्टले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमको ख्याल नगरी अग्रपंक्तिमा रहेर नागरिकलाई सुसूचित गराउने पेसागत कर्म निर्वाहमा रहेका पत्रकारलाई सहयोग गर्नुको सट्टा प्रहरीबाट गरिएको व्यवहार खेदजनक भएको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

मिल्स गोल्डकप सुरु, धुव्रतारा क्लब झापा सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा झापाको ध्रुवतारा स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा सडेन डेथको आधारमा झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई १०–९...

घरैमा थन्किए ओलाङ्चुङ्गोलाको गलैँचा

ताप्लेजुङ, १ कात्तिक-कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका...

२३४ केजी गाँजासहित पाँच जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले ठूलो परिमाणमा गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले रंगेलीले २ सय ३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो । रंगेली नगरपालिका २ चेका खोला स्थित गहुँबारीमा...

यस कारण कोरोना भाइरस सङ्क्रमण सरकारले लुकाउन सक्दैन

चीनबाट फर्किएका एक विद्यार्थी बाहेक नेपालमा अन्यलाई हालसम्म कोरोना भाइरस (कोभिड–१९) देखिएको छैन ।तर सामाजिक सञ्जालमा शिक्षण अस्पताल, नर्भिक अस्पताल , टेकु लगायतका अस्पतालमा कोरोना भाइरस देखिएको तर सरकारले लुकाएको भन्दै अर्नगल प्रचार प्रसार भइरहेको...

जिल्ला अस्पतालको परिणाम देखिनुपर्याेः मन्त्री घिमिरे

विराटनगर, २४ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए ।...

वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, ११ भदौ–सुनसरीको धरनस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश २ को सिराहा नगरपालिका–२ का ५५ वर्षिय पुरुषको बिहिबार साँझ पौने ७ बजे उपचारका क्रममा मृत्यु...

प्रथम पालिका स्तरीय अध्यक्ष कपको उपाधि मोरङ पुलिसलाई

विराटनगर । मोरङको कटहरीमा भएको प्रथम पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि मोरङ प्रहरीले जितेको छ । कटहरी गाँउपालिका ५ को खेलमैदान शनिबार सम्पन्न भएको फाइलनमा घरेलु टिम कटहरी ५ लाई १–० गोलले हराउँदै मोरङ...

मिल्स क्रिकेट प्रतियोगिता : मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा पाहुना टोली भारतको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्