शक्ति बाँडफाँटका लागि ओली तयार

 न्यूज विराट
शक्ति बाँडफाँटका लागि ओली तयार

काठमाडाैं, १५ वैशाख-प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीको आन्तरिक विवाद मिलाउन शक्ति बाँडफाँटका लागि तयार भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले यस्तो सन्देश पठाएका हुन् ।

अध्यादेश प्रकरणले विवाद चुलिएका बेला सोमबार दिउँसो ओली र नेपालबीच लामो संवाद भएको थियो । संवादका क्रममा नेपालले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छाड्न सुझाएका स्रोत बताउँछ । नेपालले पार्टी अध्यक्ष हुन चाहेको बुझेका ओलीले आगामी महाधिवेशनबाट पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने आश्वासन दिएका थिए ।

त्यसपछि दुवै पक्षले आआफ्ना नेतालाई वार्ताका लागि खटाएका छन् । दुवै पक्षका नेताबीच कोटेश्वरस्थित नेपालकाे निवासमा साेमबार दिउँसाे पनि छलफल भएकाे छ ।

ओली पक्षबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तले काेटेश्वर पुगेर छलफल गरेका हुन् ।

सम्बन्धित समाचार

प्रचण्डसहित ५ सचिवालय सदस्यले भोलि ९ बजे ओलीलाई भेट्ने

काठमाडौं, २१ कात्तिक-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यले भोलि बिहान ९ बजेट प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको निष्कर्षअनुसार भेटको समय जुरेको हो । प्रधानमन्त्री...

मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर अडिसन भव्य, इटहरीमा शनिबार हुँदै

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको विराटनगरको अडिसन भव्य रुपमा सम्पन्न भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । विराटनगरमा भएको पहिलो अडिसनमा ५० भन्दा...

भारत-चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ छैन : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन् । उनले विश्व महाशक्तिका रूपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको...

किड्स भिलेजमा अक्षरारम्भ, ४७ जना विद्यार्थी नयाँ भर्ना

विराटनगर । विराटनगर – ५ मा रहेको किड्स भिलेज स्कुलमा ४७ जना नयाँ विद्यार्थीले अक्षरारम्भ गरेका छन् । स्कुल परिसरमा बुधबार बसन्तपञ्चमीको अवसर पारेर सो संख्यामा विद्यार्थीहरुले अक्षरारम्भ गरेका हुन् । बसन्तपञ्चमीमा किड्स भिलेज स्कुल...

भारतीय दूतावास अगाडिबाट अनेरास्ववियूका नेता-कार्यकर्ता पक्राउ

 काठमाडौं, २७ वैशाख-नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेक कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन कार्यक्रम...

काठमाडौं उपत्यकामा थपिए ४८२ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप ४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १९६ महिला र २८६ पुरुषमा कोरोना पुष्टि भएको हो । आज सबैभन्दा धेरै...

मोरङको रतुवामाइबाट सरकारी छाप किर्ते गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । मोरङको रतुवामाइ नगरपालिकाबाट सरकारी छाप दस्तखत किर्ते सम्वन्धि कसुरमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । रतुवामाई नगरपालिका वडा नं.३ का वडाध्यक्ष वर्ष ५५ का देविलाल ताजपुरियाको हस्ताक्षर र छाप किर्ते गरी सिफारिस...

मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

विराटनगर । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर विराटनगर – २ स्थित आफ्नै निवासबाट पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्