काठमाडौं, १५ वैशाख-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ झलनाथ खनाल पनि प्रचण्ड निवास खुमलटारमा ३ घण्टा लामो छलफल गरेको उच्च स्रोतले बताए ।
अहिलेको अवस्था धेरै लम्ब्याउन नहुने र छिटो भन्दा छिटो स्थायी कमिटी बैठक बोलाएर अहिलेको अन्यौलता हल गर्नुपर्ने विषयमा २ नेताबीच छलफल भएको खुमलटार स्रोतले बताए ।
यता, प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल समूहको बैठक भने कोटेश्वरमाजारी छ । बैठकमा माधवकुमार नेपाल, विष्णु पौडेल, रघुजी पन्त, सुरेन्द्र पाण्डे नेपाल समुहबाट छन् भने ओली समूहबाट इश्वर पोखरेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली रहेका छन् । पौडेललाई नेपालले छलफलमा बोलाएको एक नेताले बताए ।