राजपा-समाजवादी एकतापछि प्रदेश २ मा उठ्यो मन्त्री फेरबदलको माग

 न्यूज विराट
राजपा-समाजवादी एकतापछि प्रदेश २ मा उठ्यो मन्त्री फेरबदलको माग

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ सरकारमा रहेका पात्र परिवर्तनको माग उठ्न थालेको छ । नेताका कोटाको आधारमा मुख्यमन्त्री र मन्त्रीहरू बनेकाले जनताको चाहनाविपरीत कार्य भइरहेकाले काम गर्ने सशक्त व्यक्तिलाई ल्याउनु पर्ने माग उठेको हो ।

राजपामा केन्द्रीय सदस्य रहिसकेका रामजी रायले मन्त्रिपरिषद् परिवर्तनको अति आवश्यक्ता रहेको बताए । प्रदेश २ सरकारलाई यथास्थितिमा राखियो भने पार्टीलाई ठूलो क्षति पुग्ने पनि उनको भनाइ । कोटामा मन्त्री बनेकासँग धेरै अपेक्षा गर्न नसकिने नेता रायले बताए ।

अर्का नेता सदाशिव मिश्रले प्रदेशमा उपलब्धिमूलक काम नगरेको र कोरोना महामारीको बेला पनि प्रदेशमा सरकार नरहेको जस्तो महशुस भइरहेको आरोप लगाए । तर, केन्द्रीय कमिटीको निमार्णपछि यस्ता कुरा बहसमा ल्याउनु पर्ने उनको सुझाव रहेको छ ।

कोरोना संकट आएपछि मुख्यमन्त्रीदेखि मन्त्रीहरू दैनिकजसो नयाँ नयाँ योजना घोषणा गरिरहेका छन्, तर कार्यान्वयनको सवालमा प्रदेश सरकारको निकै आलोचना भइरहेको छ । कोरोनाभन्दा अघि उपभोक्ता समितिको भुक्तानीलाई लिएर महिनौँ संसद अवरुद्ध रहेको थियो भने विकासको कुनै कार्य अगाडि बढन सकेको छैन ।

सम्बन्धित समाचार

जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव...

देशभर ३६ हजार १७४ सक्रिय संक्रमित

काठमाडौं, २४ कात्तिक-काठमाडौं उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको संक्रमण मानिसमा देखिएको छ भने निको भएका संख्या घटाउँदा हाल २० हजार सक्रिय संक्रमित देखिएका छन् । देशभर एक लाख ९७ हजार २४ संक्रमित हुँदा उपत्यकामा...

सप्तकोसीको पुलमा कार छाडेर बेपत्ता भएका डाक्टरको शव भेटियो

विराटनगर । सप्तकोसी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डाक्टरको शव फेला परेको छ। दमक – १ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत् रहेका ३२ वर्षीय सर्जन डा। प्रज्जवल कोइरालाको शव मंगलबार अपराह्न...

बीपीमा तेह्रथुमका ३१ वर्षीय संक्रमित पुरुषको मृत्यु

विराटनगर, १९ असोज-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो...

क्वारेन्टाइन बसेर घर फर्किएका युवाको मृत्यु

सुर्खेत, ७ असार-सुर्खेतको भेरीगंगा नगरपालिका- ५ भर्रेनीका ३५ वर्षीय युवकको १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएपछि मृत्यु भएको छ । भारतको सिम्लाबाट आएर क्वारेन्टाइनमा बसेर गत २९ जेठमा घर फर्किएका युवकको आइतबार बिहान मृत्यु भएको हो...

अपाङ्गता अधिकार सुनिश्चित गर्न कोशी प्रदेशमा कार्यशाला सम्पन्न

विराटनगर । स्थानीय शासन प्रणालीमा अपाङ्गता समावेशीकरण परियोजना सम्बन्धी योजना निर्माण कार्यशाला आइतबार विराटनगरमा सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा भएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।कार्यक्रममा राष्ट्रिय...

नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘नेपाल संवत् ११४२’...

व्यापारीमाथि आक्रमण गर्नेलाई प्रहरीले यसरी समात्यो

विराटनगर । विराटनगरको मुख्य बजार ट्राफिक चोकको ग्लोबल बैङ्कभित्र सामान्य विवादलाई लिएर एक जना व्यापारीमाथि आक्रमण गरेको खुलेको छ ।विराटनगर – १५ घर भएका ३२ वर्षीय राहुलकुमार रायमाथि विराटनगर १२ का दीपेन्द्र कामतले चक्कु प्रहार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्