विश्वमा सकियो तेल भण्डारण क्षमता, मूल्यमा गिरावट

 न्यूज विराट
विश्वमा सकियो तेल भण्डारण क्षमता, मूल्यमा गिरावट

एजेन्सी, बैशाख १५-विश्वभर नै तेलको भण्डारण क्षमता समाप्त हुँदै गएको छ । कोरोना भाइरसका कारण तेलको मागमा अत्यधिक कमी तथा मूल्यमा गिरावट आइरहे पनि उत्पादन कटौती नहुँदा भण्डारण क्षमता सकिँदै गएको हो ।

तेल उत्पादन जारी रहँदा अमेरिकी तेल बजार घाटामा जान थालेको छ । १७ अप्रिलसम्ममा मात्रै अमेरिकामा कच्चा तेल भण्डार बढेर ५१८.६ मिलियन ब्यारेल भइसकेको थियो । यो अहिलेसम्मको उच्चतम भण्डार हो ।

सन् २०१७ मा हालसम्मकै रेकर्ड ५३.५ करोड ब्यारेल भण्डारण क्षमता थियो । अस्थायी कच्चा तेल हालसम्मको सबैभन्दा बढी १६ करोड ब्यारेल पुगिसकेको छ ।

अमेरिकाको पश्चिम टेक्सासको तेल कारोबारमा १.२२ डलर अर्थात ७.२ प्रतिशतले गिरावट आएर १५.७२ प्रतिब्यारेल भइसकेको छ । यस्तै, ब्रेन्टको कच्चा तेलको मूल्यमा ३३ सेन्ट अर्थात १.५ प्रतिशतको गिरावट आएको छ र यो २१.११ प्रतिब्यारेल हो ।

विश्व लकडाउनका कारण तेलका मागमा ३० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । महामारीका कारण आगामी महिना पनि तेलको मागमा कमी आउने देखिएको छ । कोरोना भाइरसका कारण यस वर्ष विश्व अर्थतन्त्रमा करिब २ प्रतिशतले कमी हुने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ ।

सम्बन्धित समाचार

सडकमा पैसा फालेर भागेका २ महिला पक्राउ

जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा पैसा फालेर भागेकी २ महिलालाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको छ । प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार जनकपुरधामको जानकी नगरबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७...

आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं, १ साउन-सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रूपमा मनाइँदै छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १...

बुधबारदेखि सक्रिय हुँदै मनसुन

मौसम पूर्वानुमान महाशाखाले भोलि (बुधबार) देखि मनसुन सक्रिय हुने जानकारी दिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने महाशाखाको भनाइ छ । मनसुन सक्रिय भएसँगै प्रदेश १, प्रदेश २, बागमती...

चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिनँ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रूपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय...

५८० वर्षपछि भोलि लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण

काठमाडौँ, २ मंसिर । आगामी मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ ।...

कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने

काठमाडौं, २० मंसिर-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ । सरकारले निरंकुश प्रवृति देखाएको भन्दै कांग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । शनिबार काठमाडौंमा आयोजित एक...

नेपालले थप ३ देशसँग हवाई सम्झौता गर्ने

काठमाडौं, १४ भदौ-नेपाल सरकारले ३ वटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय ब्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने...

कांग्रेसले प्रस्ताव गर्यो नेतादेखि समर्थकसम्मको बरियता

काठमाडौं, असार २८ । नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा मात्रै पर्ने देखिनुभएको छ । वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्न्द्रीय सभापति, पूर्वकेन्द्रीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्