निको भए ८ लाख ७८ हजार कोरोना संक्रमित, साढे १८ लाखको उपचार जारी

 न्यूज विराट
निको भए ८ लाख ७८ हजार कोरोना संक्रमित, साढे १८ लाखको उपचार जारी

काठमाडौं, १५ वैशाख-महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार लाघेको छ । २४ घण्टामा ७३ हजार ८ सय थपिएसँगै संक्रमितको संख्या २९ लाख ९४ हजार नाघेको हो । त्यस्तै, आइतबार ३ हजार ७ सयले ज्यान गुमाएका छन् । योसँगै मृतकको कुल संख्या २ लाख ६ हजार नाघेको छ ।

कोरोनाबाट निको हुने संक्रमतिको संख्या पनि दिनहुँ बढिरहेको छ । सोमबार बिहानसम्म ८ लाख ७८ हजार व्यक्ति कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

कोरोनाबाट निको हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ हालसम्म १ लाख १८ हजार बढी व्यक्ति निको भइसकेका छन् ।अमेरिकामा ९ लाख ८७ हजार व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् । जसमध्ये ५५ हजार ४ सय संक्रमितको ज्यान गएको छ ।

त्यस्तै, स्पेनमा पनि कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख १७ हजार नाघेको छ । त्यहाँ २ लाख २६ हजार संक्रमितमध्ये २३ हजारले ज्यान गुमाएका छन् ।

जर्मनीमा १ लाख १२ हजार, चीनमा ७७ हजार, इटालीमा ६५ हजार, इरानमा झण्डै ७० हजार, फ्रान्समा ४५ हजार व्यक्ति संक्रमणबाट मुक्त भइसकेका छन् ।

टर्कीमा २९ हजार, ब्राजिलमा ३० हजार, स्टिजरल्याण्डमा २२ हजार, क्यानाडामा १७ हजार, अष्ट्रियामा १२ हजार, बेल्जियममा साढे १० हजार बढी व्यक्ति कोरोनाको उपचारपछि घर फर्किसकेका छन् । अरु देशमा पनि निको हुने व्यक्तिको संख्या बढिरहेको छ ।

दक्षिण एसियामा सबैभन्दा बढी कोरोनाबाट प्रभावित भारतमा साढे ६ हजार व्यक्ति निको भइसकेका छन् । त्यहाँ हालसम्म झण्डै २८ हजार संक्रमित छन् । जसमध्ये ८८१ जनाको मृत्यु भएको छ ।

त्यस्तै, पाकिस्तानमा झण्डै ३ हजार, बंगलादेशमा १२२, अफगानिस्तानमा २ सय बढी, श्रीलंकामा १२०, माल्दिभ्समा १७, नेपालमा १६ र भुटानमा ४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

अहिले विश्वमा १९ लाख ९ हजार व्यक्तिको उपचार जारी छ । जसमध्ये १८ लाख ५१ हजार अर्थात् ९७ प्रतिशतको अवस्था सामान्य रहेको छ । ५७ हजार ६ हजार अर्थात् ३ प्रतिशत कोरोना संक्रमितको अवस्था मात्र गम्भीर रहेको छ ।

सम्बन्धित समाचार

युवतीमाथि तेजाब प्रहार

काठमाडौं, साउन ८-काठमाडौंको सीतापाइलामा युवतीमाथि तेजाब प्रहार भएको छ । बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार उनलाई अहिले कीर्तिपुर...

कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको मौवाही सिल

सिरहा, ४ जेठ-कोरोना संक्रमित पुष्टि भएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका-१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन...

सकियो अन्तर विद्यालय स्तरीय विज्ञान प्रदर्शनी, कुन विद्यालयले के पाए पुरस्कार ?

विराटनगर । अन्तर विद्यालय स्तरीय विज्ञान प्रदर्शनीको प्रथम विराटनगर २ मा रहेको सेन्ट म्यारिज स्कुल भएको छ । विराटनगर महानगरपालिकाले आइतबार आयोजना गरेको उक्त प्रर्दशनीमा विराटनगरका ३४ विद्यालयहरुलाई पछि पार्दै सेन्ट म्यारिज स्कुल प्रथम भएको...

सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ मृग मृत फेला

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी मृग मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएर मरेको अवस्थामा ती मृग फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ । मृत भेटिएकामध्ये १...

मनसुनपछि देशभर ८५ जनाको मृत्यु, ४६ बेपत्ता

काठमाडौं, २९ असार-सरकारले यस वर्षको मनसुन सुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ ।प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका...

विराटनगरमा लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर, ३० फागुन । विराटनगरमा मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका-९ सिन्धुपाल्वोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका-१५ काठमाण्डौका २३ बर्षीय हिमाल...

अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै बुद्ध एयर 

काठमाडौं, ४ असार-निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ । कम्पनीले एटीआर जहाजमा कार्यरत पाइलट प्रशिक्षणका लागि नयाँ पुस्ताको...

आइतबारदेखि मिल्स गोल्डकप, उद्घाटनमा फ्युजन र प्रोगेसिल युवा क्लब भिड्दै

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता आइतबारदेखि विराटनगरमा शुरु हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको ऐतिहासिक जुट मिल खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्