काठमाडाैं, १४ वैशाख-आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई थुनामा राख्नुको कारण पेस गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ। सर्वाेच्चले शाहीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन पनि भनेको छ।
केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट पक्राउ गरेर थुनामा राखेकाे छ । शाहीकाे तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र कारण पेस गर्न आदेश दिएको हो।
न्यायाधीश हरि फुयाँलको इजलासले जारी गरेको आदेशमा कोभिड-१९ को संक्रमणको अवस्थामा पक्राउ परेको व्यक्तिलाई पछि उपस्थित गराउने सर्तमा आफन्तको जिम्मा लगाउन सकिने भए पनि थुनामा किन राखियाे ? त्यसको कारण पेस गर्न आदेश दिएको हो। लकडाउन उल्लंघन गरेकाे तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रहरीले शाहीलाई केही दिनअघि पक्राउ गरेकाे थियाे ।