अमेरिकी नाकाबन्दी सहेको क्युबाको यसरी भइरहेको छ प्रशंसा

 न्यूज विराट
अमेरिकी नाकाबन्दी सहेको क्युबाको यसरी भइरहेको छ प्रशंसा

एजेन्सी, बैशाख १४-क्युबाले २ साताभित्र विश्वका १९ देशमा मेडिकल टोली पठायो । अमेरिकाको नाकाबन्दीका बाबजुद क्युबा कोभिड–१९ विरुद्धको लडाइँमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ ।

क्युबाले इटाली, अंगोला, जमाइका, मेक्सिको र भेनेजुएलासमेत १९ देशमा आफ्नो मेडिकल टिम पठाएको छ । जसमा ९ सय डाक्टर र नर्सको टोली छ ।

यसका साथै अर्जेन्टिना र स्पेनजस्ता देशको अनुरोधमा टोली जान बाँकी रहेको छ । क्युबाको मेडिकल टिमले यसअघि केही संकटको समयमा धेरैकाे ज्यान बचाइसकेको छ ।

यसअघि सन् २००४ मा श्रीलंकामा आएको सुनामी, पाकिस्तानमा २००५ मा आएको भूकम्प र सन् २००६ मा इन्डोनेसियामा आएको भूकम्पको समयमा क्युबाको मेडिकल टिमले सहयोग गरिसकेको छ ।

सन् २००६ मा इन्डोनेसिया गएको टिमका सदस्य डाक्टर ओस्कार पतोलले आफ्नो अभियानका बारेमा भनेका थिए, ‘आज एक ज्वालामुखी, भोलि अर्को भूकम्प र त्यसपछि बाढी किन नहोस् क्युबा कुनै पनि देशलाई सहयोग गर्न तयार छ ।’

कोरोनाबाट नराम्ररी प्रभावित इटालीमा क्युबाले ५२ जना डाक्टर र नर्स सहयोगका लागि पठाएको छ । कठिन अवस्थामा काम गर्न माहिर क्युबाका डाक्टर र नर्सले ठूलो सहयोग गरिरहेका छन् ।

करिब ६० वर्षदेखि क्युबा संसारका विभिन्न देशमा डाक्टर र नर्स पठाएर सहयोग गरिरहेको छ । यसलाई पश्चिमा राष्ट्रले मेडिकल डिप्लोमेसीका रुपमा व्याख्या गर्ने गरेका छन् भने क्युबाको अर्थतन्त्रमा पनि यसले सहयोग गर्दै आएको छ ।

क्युबाले शनिबार मात्रै दक्षिण अफ्रिकामा २१६ जना स्वास्थ्यकर्मी पठाएको छ । कोरोना महामारीको उपचारका लागि क्युबाले अन्य २० वटा टोली पठाएको छ ।

वामपन्थी शासन व्यवस्था रहेको क्युबाले अफ्रिकी र क्यारेबियन देशमा करिब १ हजार २ सय स्वास्थ्यकर्मी पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशलाई क्युबाका स्वास्थ्यकर्मी स्वीकार नगर्न आग्रह गरेका छन् । यसका बाबजुद इटलीसहितका युरोपेली देशमा समेत क्युबाका स्वास्थ्यकर्मी खटिएका छन् ।

तर क्युबाले जुन देशमा आफ्ना स्वास्थ्यकर्मी पठाएका छ, त्यहाँ स्वागत भइरहेको छ । क्युबामा हालसम्म १३ सयभन्दा बढीमा कोरोना भाइरस देखिएको छ भने ५१ जनाको मृत्यु भएको छ ।

क्युबामा प्रतिव्यक्ति डाक्टरको उपलब्धता सबैभन्दा बढी रहेको छ । क्युबाको स्वास्थ्य प्रणालीको संसारभरमा महामारीविरुद्ध लड्नका लागि प्रशंसा पाउने गर्छ ।

दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मखिजले भने, ‘क्युबाको सबैभन्दा राम्रो कुरा भनेको त्यहाँ सामुदायिक स्वास्थ्य सेवा छ । हामी यो मोडल मन पराउँछौँ ।’

दक्षिण अफ्रिकामा ४ हजार ३ सय ६१ जनाभन्दा बढी संक्रमित रहेका छन् भने ८६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिका र क्युबाबीच राम्रो सम्बन्ध रहेको छ ।

क्युबाका सेनाले दक्षिण अंगोलामा युद्ध लडेका थिए भने नेल्सन मन्डेलालाई जेलबाट छुटाउन सहयोग गरेका थिए । नेल्सन मन्डेलाले मुक्त भएपछि क्युबाका नेता फिडेल क्यास्ट्रोलाई धन्यवाद दिएका थिए ।

सम्बन्धित समाचार

भोलिदेखि रेडियो र टेलिभिजनबाट पढाइ

काठमाडौं, ३२ जेठ-कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट...

प्रदेश १ का डिआइजी भन्छन्ः अपराध र तस्करीलाई निश्तेज पार्छु

विराटनगर, २१ असार । प्रदेश नं. १ का नवनियुक्त प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसिले आफ्नो विवेक र ब्रम्हले भ्याएसम्म अपराध र तस्करीलाई निश्तेज पार्ने बताएका छन् । भर्खरै १ नम्बर प्रदेश प्रहरी कार्यालय सरुवा भएर...

रेलमार्ग परियोजनाको काम अघि बढाउन पहल

विराटनगर, १ पुस–प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल सुरु गरेका छन् । मुआब्जाविवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन उनले मन्त्रालयमा...

कोरोना संक्रमणबाट मोरङमा थप छ जनाको मृत्यु

विराटनगर, ३० वैशाख । कोरोना भाइरसको संक्रमणका कारण बिहीबार बिहान मोरङमा थप छ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा...

मेरिल्याण्ड कलेजद्धारा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई

विराटनगर । विराटनगरको प्रतिष्ठित शैक्षिक संस्था मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई औपचारिक विदाई कार्यक्रम आयोजना गरेको छ । व्यवस्थापन शिक्षाको क्षेत्रमा उत्कृष्ट कलेजको रूपमा परिचित यस संस्थाले १९ औं ब्याचका ७१३ जना विद्यार्थीहरूलाई...

तेह्रथुमको म्याङलुङमा दुर्घटना, एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका १० सुर्केमा बिहीबार राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । बसन्तपुरबाट म्याङलुङतर्फ खाना पकाउने ग्यास लिएर आउँदै गरेको को...

मेयर राजवंशीले गरे महोत्सवको अवलोकन, सुनवर्षीका कृषकको स्टल निरिक्षण

विराटनगर, २३ माघ । मोरङको सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले उर्लाबारी महोत्सवको अवलोकन गरेका छन् । मंगलबार महोत्सवस्थलमै पुगेर मेयर राजवंशीले अवलोकन गरेका हुन् । उनले सुनवर्षीका स्थानीय कृषक प्रदिप रायमाझिले महोत्सवमा राखिएको स्टलको समेत...

मालपोत कार्यालय विराटनगरको सेवा बन्द

विराटनगर, ८ साउन । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भूमिसुधार तथा मालपोल कार्यालय विराटनगरको सेवा बन्द हुने भएको छ । दुई जनामा संक्रमण पुष्टि भएर १ साउनदेखि कार्यालयले आंशिक सेवा प्रवाह गर्दै आएको थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्