कैलालीको भजनी नाकाबाट ५ जना प्रहरीलाई छलेर नेपाल भित्रिए

 न्यूज विराट
कैलालीको भजनी नाकाबाट ५ जना प्रहरीलाई छलेर नेपाल भित्रिए

धनगढी, १३ वैशाख-कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउन र सिमासिलकाबीच पनि भारतबाट सुदूरपश्चिमका विभिन्न नाकाबाट लुकी छिपी नेपाल आउनेक्रम रोकिएको छैन । सशस्त्र प्रहरीलाई छल्दै मध्यरातमा कैलालीको भजनीनाकाबाट ५ जना नेपाली नेपाल प्रवेश गरेका छन् ।

भारतको हरियाणाबाट आएको बताउने उनीहरू भजनी नगरपालिका ५, गुलरिया घाट हुँदै नेपाल प्रवेश गरेका हुन् । उनीहरू सबै वडा नम्बर ५ कै बासिन्दा रहेको पाइएको छ ।

भारतसँग सीमा जोडिएको कैलालीको १०१ किलोमिटर पूरै सिल गरेको सशस्त्र प्रहरीलाई समेत छक्याउँदै उनीहरू हिजो नेपाल प्रवेश गरेका हुन् ।

उनीहरू ५ जनालाई भजनी नगरपालिका-३ मा रहेको महुन्याल माविमा निर्मित क्वरेण्टीनमा राखिएको छ । पछिल्लो समय नेपालतर्फका जनप्रतिनिको मिलेमतोमा भारतमा रहेका नेपाली प्रहरीको आखा छलेर नेपाल भित्रिने गरेका छन ।

सम्बन्धित समाचार

रासायनिक प्लान्टबाट ग्यास चुहिँदा भारतमा ८ जनाको मृत्यु

एजेन्सी, बैशाख २५-भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रहेको एक रासायनिक प्लान्टबाट ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ भने सयौँ बिरामी भएका छन् । रासायनिक प्लान्टबाट ग्यास लिक भएपछि सो क्षेत्रमा भागदौड मच्चिएको छ ।...

वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु 

काठमाडाैं, २६ साउन-वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।  मृत्युपछि नारायणी...

विराटनगरका साहित्यकार भैरोदान सुरानालाई भव्य सम्मान

विराटनगर । विराटनगरका अग्रज साहित्यकार ८८ बर्षिय भैरोदान सुरानालाई सम्मान गरिएको छ । एकै दिन दुई संस्थाले घरमा पुगेर सुरानालाई सम्मान गरिएको हो । सुरानाले नेपाली तथा मारवाडि भाषा साहित्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै...

कांग्रेसले सागका स्वर्ण विजेतालाई सम्मान गर्ने

काठमाडौं, ६ साउन-नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । विभागको ५ साउनमा बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग...

पहिचान पक्षधरलाई बार्तामा आउन प्रदेश सरकारको आग्रह

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दनोलनमा उत्रिएका पहिचान पक्षधरहरुलाई बार्तामा आउन कोशी प्रदेश सरकारले आग्रहा गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञाप्ती जारी गर्दै कोशी प्रदेश सरकारले आन्दोलनरत...

भौतिकरुपमै कक्षा १२ को परीक्षा संचालन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, ८ भदौ । भौतिकरुपमा परीक्षा लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको लगाएर परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् संक्रमणको...

अन्ततः वामदेव राष्ट्रियसभा सदस्य हुने

काठमाडौं, १८ भदौ-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा गौतमलाई सिफारिस निर्णय गरेको हो।...

केन्द्रीय कारागारका २७ सयभन्दा बढी कैदीबन्दीले लगाए कोरोनाविरुद्धको खोप

सरकारले केन्द्रीय कारागारका २ हजार ७ सय ३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्