मास्कमा बढी मूल्य असुल्ने फार्मेसीलाई २ लाख जरिमाना

 न्यूज विराट
मास्कमा बढी मूल्य असुल्ने फार्मेसीलाई २ लाख जरिमाना

काठमाडौं, १३ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई न्यूनीकरण गर्नका लागि सरकारले लागू गरेको लकडाउनका बेला बढी मूल्य लिएर सामान बेचेको गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा बढी मूल्यमा सामान बेचेको पाइए व्यापारी तथा विक्रेतालाई ठाउँको ठाउँ जरिमाना गर्ने गरेको छ ।

यसैबीच शनिबार दुईवटा विक्रेतालाई जरिवाना गरेको विभागले जनाएको छ । विभागका अनुसार सातदोबाटोमा रहेको प्रतिभा फार्मेसीले मास्क बढी मूल्य लिइ बिक्री गरेको पाइएपछि २ लाख जरिमाना गरिएको छ । उपभोक्ता संरक्षण ऐनबमोजिम २ लाख जरिमाना गरिएको विभागले जनाएको हो ।

त्यसैगरी, डिल्ली बजारमा हरेको राजु फ्रेस हाउसलाई पनि जरिमाना गरिएको छ । अनुगमनका क्रममा मूल्य सूची नराखी जथाभावी मासुको बिक्रि गरेको पाइएकाले जरिमाना गरिएको विभागले जनाएको छ । विभागले शुक्रबार ६ वटा फममा अनुगमन ७ सात लाख जरिमाना असुल उपर गरेको थियो ।

सम्बन्धित समाचार

आईपीएल : दिल्ली क्वालिफायरमा, बैंगलोर प्ले अफमा

एजेन्सी, १८ कात्तिक-दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा गएराति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा...

चीनमाथि अमेरिकी धम्कीपछि आईएमएफले दियो चेतावनी

एजेन्सी, बैशाख २७-अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले वैश्विक अर्थव्यवस्थामा आउने गिरावटबारे यसअघि गरिएको अनुमान अझै कम हुने संकेत दिएको छ । आईएमएफले चीन र अमेरिकालाई पुनः व्यापारिक युद्धमा नअल्झन चेतावनी दिँदै यसबाट कोरोना भाइरस (कोभिड–१९)...

लुम्बिनीको पर्यटन विकासका लागि बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन 

काठमाडौं,  २४ भदौ-बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय उपजको रुपमा विकास र प्रवद्र्धन गरी धेरैभन्दा धेरै बुद्धिष्ट पर्यटक भित्र्याउने योजनाका साथ नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन गरिएको छ ।  लुम्बिनी तथा बुद्घ र...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप, धरान भेट्रान्स क्लब फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा पुगेको छ ।विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनलमा घरेलु टिम मिल्स भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै धरान...

सडक आश्रित महिलाको उद्धार

विराटनगर १४ असोज –प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार एक सडक आश्रित महिलाको उद्धार गरेको छ । सामाजिकविकास मन्त्रीजीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वालगायतको टोलीले मोरङको बुढीगंगा १ बाट २१ बर्षीया धना विश्वकर्माको उद्धार गरेको...

प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य नीतिलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याउने बताएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८० ÷८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत...

थप २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २६ माघ । नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गर्दा थप २ हजार ४ सय १...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

विराटनगर, ६ जेठ-प्रदेश १ मंगलबार मध्यान्नसम्म ११ जना कोभिड १९ का संक्रमित थपिएका छन् । झापाका ९ जना र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्