चितवनका १ सङ्क्रमित कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

 न्यूज विराट
चितवनका १ सङ्क्रमित कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

चितवन, १३ वैशाख-कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका २ जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । २ पटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् ।

उनीसँगै रहेकी आमाको दोस्रो पीसीआर परीक्षण भने पोजिटिभ नै देखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार लगातार २ पटक गरिएको परीक्षणमा छोराको नेगेटिभ देखिएको हो । उनलाई आज दिउँसो औपचारिकरूपमा डिस्चार्ज र बिदाई गरिने कार्यक्रम छ ।

आमा अस्पतालमा नै रहनुपर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाइनमा बस्ने वा घरको क्वारेन्टाइनमा बस्ने टुङ्गो नलागेको तिवारीले जानकारी दिए । कम्तीमा उनी १ साता क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ छ ।

तिवारीका अनुसार राप्ती नगरपालिका–८ निवासी ६५ वर्षिया आमा र २७ वर्षिय छोरामा कोरोना देखिएको थियो । सुरुमा आमामा र्‍यापिड डायग्नोष्टिक टेष्टमा शङ्कास्पद देखिएपछि आमा र २ छोराको पीसीआर परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालामा आमा र १ छोराको पोजिटिभ देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनमा निगरानीमा राखिएको छ । भरतपुरबाट स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजिटिभ आएको थियो ।

सम्बन्धित समाचार

नेपा : सहकारीको रजत जयन्तीमा निःशुल्क आँखा शिविर, ७७ जनाले गराए परीक्षण

विराटनगर । नेपा : बहुउद्देश्य सहकारी संस्थाले निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ । सहकारीको रजत वार्षिकोत्सवको अवसर पारेर विराटनगर १० स्थित झी पुचः भवनमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको हो । दिव्यज्योति...

प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण

विराटनगर, ११ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा कोरोना संक्रमण...

तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

विराटनगर । तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ ।नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरु प्रशिक्षण दिइने छ । प्रशिक्षण कार्यक्रमको...

संविधान संशोधन विधेयकमाथि मतदान सुरु

काठमाडौं, ३१ जेठ-संविधान संशोधन प्रस्तावमाथि मतदान सुरु भएको छ । सभामुख अग्नि सापकोटाले संविधान संशोधन विधेयक निर्णार्थ प्रस्तुत गरेसँगै मतदान प्रक्रिया सुरु भएको हो । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गर्न मत विभाजनका...

चोटका कारण सानियाले युएस ओपन गुमाउने

एजेन्सी, ८ भदौ । भारतीय स्टार सानिया मिर्जा २९ अगस्टबाट सुरु हुने युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कुहिनोको चोटका कारण वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिताबाट आफू बाहिरिएको घोषणा गरेकी...

१० करोडको लगानीमा विराटनगरमा ‘हाजि आँखा’ अस्पताल संचालन, ५० जनाले पाए रोजगारी

विराटनगर । विराटनगर १४ रानीमा १० करोड लगानीमा हाजी आँखा अस्पताल संचालनमा आएको छ । एक कार्यक्रम आयोजना गरी ५० शैय्याको अस्पताल सोमबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले उद्घाटन गरेपछि संचालनमा आएको हो...

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि

एजेन्सी, १६ मंसिर । भारतमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुुष्टि भएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुुष्टि भएको हो । कर्नाटकाका...

फागुन १५ देखि जनतासँग माओवादी अभियान, तीन जिल्लाबाट अन्य पार्टीका ५ हजार कार्यकर्ता भित्र्याउने

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ ।कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्