जनकपुरका मस्जिदमा रहेका भारतीयमा देखिएन कोरोना संक्रमण

 न्यूज विराट
जनकपुरका मस्जिदमा रहेका भारतीयमा देखिएन कोरोना संक्रमण

जनकपुर, १३ वैशाख-उदयपुर र पर्सामा भारतबाट फर्किएका जमातीमा कोरोना संक्रमण भेटिएपछि सचेतना स्वरुप प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधामस्थित एक मस्जिदमा रहेका भारतीयको कोरोना परिक्षण गरिएको छ ।

कोभिड–१९ क्राइसीस म्यानेजमेन्ट सेन्टरको निर्णय बमोजिम सचेतना स्वरुप जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनास्थित जामिया बरकातुन्न नबि मस्जिदमा रहेका ९ जनाको मौलानाको सहमतिमै कोरोना परिक्षण गरिएको बताइएको छ ।

लोहनास्थित सो मस्जिदमा भारतका शिक्षक बस्दै आएको सूचना प्रहरीले पाएपछि उनीहरुलाई त्यहाँबाट प्रादेशिक अस्पतालमा ल्याएर आरडीटी गरिएको थियो । आरडीटीमा सबैको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई फेरि मस्जिदमै पुर्‍याइएको बताइएको छ ।

प्रशासनले कोरोना परीक्षणसँगै धनुषाका सबै मस्जिद लगायत अन्य सबै धार्मिक स्थलहरुमा समेत सामूहिक धार्मिक गतिविधिमा पूर्णरुपमा रोक लगाउने निर्णय गरिसकेको छ । कोरोना संक्रमित मस्जिद र मदरसामा लुकेको चर्चा चलिरहेको बेला जनकपुरधाम नगरभित्रका दर्जन बढी मस्जिदमा शुक्रबार अनुगमन पनि गरिएको थियो ।

सम्बन्धित समाचार

नेकपा स्थायी समिति बैठक सर्‍यो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमीटिको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै सकिएको हो । आजको बैठकमा आफू उपस्थित हुन नसके पनि ओलीले...

बीपी प्रतिष्ठानको आन्दोलनरत पक्षसँग छ बुँदे सहमति

विराटनगर, २० साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त संघर्ष समितिबीच सहमति भएको छ । सहमतिसँगै आन्दोलनकारीले स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोली र संघर्ष समितिबीच छ...

प्रदेश १ मा आज ५७८ जना संक्रमित थपिए

विराटनगर, २५ वैशाख । प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश...

अनेमसंघ क्रान्तिकारीमा नेतृत्वको विवाद, लत्ता र निरुको अध्यक्षमा दाबी

विराटनगर । सत्तारूढ दल नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेशको ९१ सदस्यको कमिटि गठन भएको छ ।विराटनगरमा आइतबार भएको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी चयन हुन नसक्दा ९१ सदस्य गठन भएको हो...

सरकारलाई चुनौती दिँदै प्रवेश परिक्षा सञ्चालन

विराटनगर, जेठ १५–विराटनगर–३ मा रहेको पोखरीया माध्यामिक विद्यालयले लकडाउनको उल्लंघन गर्दै विद्यार्थी भर्ना परिक्षा लिएको छ । विद्याथीहरुको समूह भेला गरी पोखरीया स्कूलले प्रवेश परीक्षा लिएको हो । सरकारले जारी गरेको लकडाउनका बाबजुत पनि विराटनगरको...

कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरमा पहिचानवादीको आन्दोलन (फोटो फिचर )

विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरी पहिचानको आधरमा नामकरण गरिनुपर्ने माग राख्दै पुन : पहिचानको आन्दोलन ब्युँतिएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार दोस्रो चरणको आन्दोलन सुरु गरेसँगै पुनः पहिचानको आन्दोलन...

थारु सामुदायको अधिकार स्थिापित गर्न एक जुट हुनुपर्छ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले थारु समुदायको पहिचान जोगाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।मोरङको बेलबारी नगरपालिकाको डांगिहाटमा थारु कल्याणकारिणी सभाको १० औं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै...

कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समितिकाे बैठक बस्दै

काठमाडौं, ६ जेठकोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको रहेको समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । बैठकमा क्वारेन्टाइनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्