कोरोना जितेकी अंशु भन्छिन्ः धैर्य र आत्मबल नै औषधि

 न्यूज विराट
कोरोना जितेकी अंशु भन्छिन्ः धैर्य र आत्मबल नै औषधि

बागलुङ, १३ वैशाख-बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । युवतीको पाँचौ र छैँटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको धवलागिरी अञ्चल अस्पतालले जनाएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाको पाँचौ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको र छैंटौ स्वाबको नमूना पनि नेगेटिभ आएपछि शुक्रबार राति अस्पतालले अंशुलाई डिस्चार्ज गरेको धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए । २८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर हिँड्दा खुशीको सीमा नरहेको बताइन् ।

उनले आत्मबल नै सबैभन्दा ठूलो भएको भन्दै धैर्य गर्न सबैलाई आग्रह गरिन् । “सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्य रहेछ”, सापकोटाले भनिन्, “कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगे ।” उनले औषधि नै पत्ता नलागेको रोगलाई जित्ने उपाय धैर्य गर्नु र आत्मबल बढाउँदै लैजानु भएको भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिइन् ।

‘चिकित्सकको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन,’ उनले अनुभव सुनाइन् । ‘२८ दिनको अवधिमा १ दिन पनि आफूलाई कमजोर बनाइन, आत्मबल झनै दह्रो बनाएर बसेँ ।’

अन्य कोरोना संक्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजान उनले सुझावसमेत दिइन् । आफूले आफैँलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै उनले सबैलाई रोगप्रति सचेत रहन आग्रह गरिन् ।

सापकोटाले मानसिकरूपमा विचलित भएमा कमजोर हुने भन्दै सबैलाई सकारात्मक सोच्न आग्रह गरिन् । आत्मबल र धैर्यता नै कोरोनाको अचुक औषधि रहेको उनले बताइन् ।

छोरीलाई कोरोना संक्रमित हुँदा जीवनमा सबैभन्दा बढी पीडावोध भए पनि २८ दिनमा छोरीलाई घर फर्काउन पाउँदा ज्यादै खुशी भएको अंशुका बुबा ऋषिराम सापकोटाले बताए । उनले छोरीलाई २८ दिनसम्म एक्लै अस्पतालमा राख्दा बाबुका नाताले धेरै पीडा भए पनि सकुसल घर फर्काउँदा पीडा खुशीमा परिणत भएको बताए।

२८ दिनको अस्पताल बसाइमा कुनै समस्या नभएको भन्दै अंशुले उपचारमा खट्ने तथा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका थिए । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको हेरचाहप्रति आफू आभारी भएको अंशुको भनाइ छ ।

अस्पताल बसाइमा अंशुले आफूलाई कहिल्यै कमजोर नठानेको उपचारमा संलग्न डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए । युवतीलाई नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालयले घर पुर्‍याएको थियो ।

युवतीको अवस्था सामान्य भए पनि यसअघिको ४ स्वाब रिपोर्ट कोरोना सङ्क्रमण अर्थात् पोजिटिभ रिपोर्ट आएको थियो । युवती चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकी थिइन् । उनको चैत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसै सातामात्रै नेपालको छैँटौ तथा जिल्लाको दोस्रो संक्रमित बानपा–३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल दम र उच्च रक्तचापका बाबजुद पनि सहजै कोरोनालाई जितेर घर फर्किसकेकी छन् । रासस

सम्बन्धित समाचार

मंगलबार थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

काठमाडौं, ६ साउन-मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १५०...

खानेपानी बितरणलाई सुलभ र सहज बनाउन जोड

विराटनगर । कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जा मन्त्री नारयण बुर्जा मगरले स्वच्छ खानेपानी बितरणलाई सुलभ र सहज बनाएर अगाडी बढाउन प्रदेश सरकार लागि पर्ने बताएका छन् ।मोरङको कटहरी गाउँपालिका – ३ मा रहेको कटहरी...

मलेसियाबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेलाई निवेदन दिन दूतावासको आग्रह 

काठमाडाैं, २२ साउन-कोरोना भाइरसका कारण स्वदेश फर्किने खर्चको अभावमा मलेसियामा अलपत्र अवस्थामा रहेकाहरूलाई सरकारी खर्चमा उद्धारका लागि निवेदन दिन मलेसियास्थित नेपाली दूतावासले सूचनामार्फत जानकारी गराएको छ । रोजगारी गुमाएका र नेपाल फर्किन हवाई टिकटसमेत काट्न...

झापामा कपडा व्यापारीको हत्या

विराटनगर, ९  साउन-झापाको मेचीनगर नगरपालिकाका १ व्यापारीको हत्या भएको छ । वडा-२ भृकुटीचोकका ५० वर्षीय व्यापारी नारायण आचार्यको हत्या भएको हो । आफ्नै कपडा पसलमा सामान बेच्दै गरेको उनीमाथि ग्राहक बनेर आएका व्यक्तिले धारिलो हतियार...

राजीनामा फिर्ता लिन भीम रावलमाथि चर्काे दवाव

काठमाडौं, साउन ६ । एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन गृह प्रदेशका सांसदले चर्काे दबाब दिएका छन। नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्य काठमाडौं नै आएर रावललाई राजीनामा फिर्ता...

जोरबिजोर प्रणालीअनुसार आजदेखि सवारीसाधन चलाउन पाइने

काठमाडौं, ३० जेठ-नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्थाअनुसार आजदेखि सवारी साधन जोरबिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबारदेखि काठमाडौं उपत्यका भित्र र अन्यत्र जिल्ला भित्र मात्र निजी सवारी...

कटुवा पेस्तोल सहित १ जना पक्राउ

विराटनगर, १ फागुन । झापाको भद्रपुर नगरपालिका-६ नँया बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-६ का २४ बर्षीय मुगालाल माझी रहेका छन । आज बिहान साढे ६...

बढ्यो सीसीडी रेसियो, ८५ प्रतिशत कायम

काठमाडौं, २ साउन-निजी क्षेत्र र बैंकरहरूको पटक-पटकको मागपछि नेपाल राष्ट्र बैकले कर्जा-पुँजी-निक्षेप कायम गर्नुपर्ने अनुपात (सीसीडी रेसियो) बढाएको छ । सीसीडी रेसियो कायम गर्दा ठूलो रकम लगानी गर्न नपाएको गुनासो बैंकरहरूले बताइरहेको अवस्थामा राष्ट्र बैंकले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्