बजार बन्द गराउन खाेज्दा २ प्रहरी कुटिए

 न्यूज विराट
बजार बन्द गराउन खाेज्दा २ प्रहरी कुटिए

धनुषामा २ प्रहरी कुटिएका छन् । लकडाउन उल्लंघन गरी लगाइएकाे हाटबजार बन्द गराउन गएका प्रहरी कुटिएका हुन् ।धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लवकुश चोकमा लकडाउन उल्लंघन गरी लगाइएकाे बजारमा अपराहन्न ५ बजे बटेश्वर प्रहरी चौकीका असइ शंकर यादव र हवल्दार नागेन्द्र यादव कुटिएका प्रत्यक्षदर्शीले बताएका छन् ।

बजार बन्द गर्न प्रहरीले गरेको आग्रह नमानेपछि ठेलामा जेरी र समोसा बेच्ने एक युवकलाई प्रहरीले कुटेका थिए । त्यसपछि युवकले समेत प्रहरीमाथि हातपात गर्न थाले र त्यहाँ उपस्थित झण्डै एकसय जनाको भीडबाट केही व्यक्तिहरू प्रहरीमाथि जाइलागेका थिए ।

शुक्रबार दिउँसो हावाहुरी र असिनापानीले चित्रपुर टोलमा धेरैको घरको छानो फुटाएपछि बटेश्वर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शैलेन्द्र महतोले क्षतिबारे बुझ्न प्रहरीलाई बोलाएका थिए । त्यसै क्रममा लवकुश बजारमा भीडभाड देखेपछि ती प्रहरीले बजार बन्द गराउने प्रयास गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार बजार बन्द गराउने क्रममा सुरूमा एक महिलासँग पनि प्रहरीको भनाभान भएको थियो । उनले इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई घटनाबारे बताएपछि प्रहरी निरीक्षक पप्पु नायकसहितको टोली अनुसन्धानका लागि पुगेको थियो ।

प्रहरीमाथि कुटपिट भएलगतै जम्मा भएका सयौं स्थानीयहरू घर फर्केका थिए । यता, प्रहरी निरीक्षक नायकले भने घटना नै नभएको दाबी गरे । जिल्ला प्रहरी कार्यालय धनुषाले पनि घटनाको विषयमा अनभिज्ञता प्रकट गरेको छ ।

सम्बन्धित समाचार

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

काठमाडौं, १४ असार-महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७६ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या आइतबार...

आइतबारको बिदा आजदेखि लागू

काठमाडौं । आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू भएको छ । सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिएसँगै यसै वर्ष १२९ दिन छुट्टी मनाउन पाइने भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको बिदाअनुसार यस वर्ष...

भरे ५ बजे संवैधानिक परिषद्, अध्यादेश फिर्ता नभएसम्म देउवा नजाने

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सरकारले अध्यादेश फिर्ता नगरेसम्म संवैधानिक परिषद् बैठकमा नजाने भएका छन् । तीन सदस्यीय सदस्य उपस्थित हुँदा बैठक बस्न सक्ने र त्यसबाटै बहुमतीय आधारमा नियुक्ति गर्न सक्ने प्रावधानसहित संवैधानिक परिषद्सम्बन्धी...

कांग्रेसको १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हँुदै

काठमाडौँ, ६ मङ्सिर-नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज, २३१ संक्रमित थपिए

विराटनगर, २९ कात्तिक–प्रदेश १ मा शनिबार एकैदिन कोरोना संक्रमण मुक्त भएर छ सय २५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय २२ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । प्रदेश १...

शुक्रवारदेखि मनकामना मन्दिर प्रवेशमा रोक

गोरखा, माघ ५ । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको...

सरकारलाई सर्वोच्चको आदेश- निषेधाज्ञाभर कर नबुझाए पनि जरिवाना नलिनू

सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरे जरिवाना नतिराउन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र...

श्री एयरलाइन्स मङ्गलबार सिङ्गापुर उड्दै

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले मङ्गलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ ।सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्